२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सुस्मितालाई ससुरा, नन्दले मारेको प्रहरीको दाबी

हेटौंडा उपमहानगरपालिका–४, कर्राकी २४ वर्षीया सुस्मिता क्षेत्री थापाको हत्याको आरोपमा प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ ।

कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २९

कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

रुपन्देहीको सैनामैनामा दुर्घटना, बुवा छोराको मृत्यू

रुपन्देहीको सैनामैनामा सोमबार दिउँसो कारले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा परि मोटरसाइकलमा सवार सैनामैना–१ बस्ने वर्ष ३० का सन्तोष परियार र पछाडी सवार बुवा ५० वर्षीय टेक बहादुर परियारको मृत्यू भएको हो ।

राजु सदा मृत्यु प्रकरण छानविनका लागि संसदीय समिति गठन

आइसोलेसनमा उपचार अभावमा मृत्यु भएको धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटना छानविनका लागि संसदीय समिति गठन भएको छ ।

कुलोमा डुबेर २ वर्षिया बालिकाको मृत्यु

कपिलवस्तुको वाणगंगा नगरपालिका ३ सिउटीमा कुलेमा डुबेर २ वर्षिया बालिकाको मृत्यु भएको छ । राजेन्द्र थारुकी २ वर्षीया छोरी अंकिता थारुको घर नजिकै रहेको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नागरिकता विधेयक र राजु सदाको मृत्युको विरोधमा जनकपुरमा लगातार चौथो दिन प्रदर्शन

संघीय सरकार र प्रदेश सरकारका पछिल्ला कदमहरुको विरोध गर्दै नेपाली काँग्रेसको भातृ संगठन तरुण दल धनुषाले जनकपुरमा लागातार चौथो दिन प्रदर्शन गरेको छ ।

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका–२ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन् ।

एक यूवाको भिरबाट लडेर मृत्यु

म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा अरिङ्गालको गोलो खोज्दै हिडेका एक यूवाको भिरबाट लडेर मृत्यु भएको छ । बेनी नगरपालिका–४ सिंगाका १८ वर्षीय अर्जुन श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको स्थानीय नेत्रराज सुबेदीले बताए ।

मुटुको समस्याले एक जना कैदीको मृत्यु

मुटुको समस्याले गर्दा सुनसरी झुम्का कारागारमा एक जना कैदीको शुक्रबार बिहान निधन भएको छ। वहुविवाहको मुद्दामा कैद सजाए काटिरहेका धनुषा गाडागुडि गाउँपालिका–५ का ३९ वर्षे मिसरुल राईनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । यकिन रिपोर्ट नआएपनि मुटुकै समस्याले गर्दा निधन भएको कारागार प्रशासनले जनायो ।

दाङमा मृत्यु भएकी महिलामा कोरोना

दाङमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । घोराही सडकमा बेवारिसे अवस्थामा रहेकी ति महिलाको वुधबार बेलुका निधन भएको थियो । अचेत अवस्थामा सडकमा रहेकी ति महिलालाई देखेपछि स्थानीय र जनप्रतिनिधिहरूले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याएका थिए ।

राम्रो उपचार र हेरचाह हुन नसकेको अस्पतालको स्वीकारोक्ति, ५ लाख दिने प्रदेश सरकारको घोषणा

धनुषाको हंसपुर नगरपालिका—७ प्रसाहीका राजु सदाको मृत्यु प्रि—आइशोलेसन कक्षमा राम्रो उपचार र हेरचाह हुन नसकेको अस्पतालले स्वीकार गरेको छ। जनकपुरस्थित कोभिड अस्पतालको प्रि—आइसोलेसन कक्षमा कोभिड –१९ को रिपोर्ट नआउँदै सदाको मृत्यु भएको थियो।

खोलाले बगाएर युवतीको मृत्यु

खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

चट्याङ लागेर एक जनाको मृत्यु

कपिलवस्तुकोे शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षीय सत्यनारायण कुर्मीलाई चट्याङ लागेको मृत्यु भएको हो ।

चट्याङले उदयपुरमा एकको मृत्यु दुई घाईते

उदयपुरमा बिहीबार विहान परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई महिला घाईते हुनुका साथै ६ वटा बंगुर मरेका छन्। विहान ८ः३० बजे वर्षासँगै परेको चट्याङले त्रियुगा नगरपालिका–१३ असारीका ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्