८ वैशाख २०८१ शनिबार
समाज

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका–२ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन् । ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चालकलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना६ख ४४५० नम्बरको ट्रक जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ धारीमा दुर्घटनामा परेको हो । ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए ।

प्रकाशित: १३ असार २०७७ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App