१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङले उदयपुरमा एकको मृत्यु दुई घाईते

उदयपुरमा बिहीबार विहान परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई महिला घाईते हुनुका साथै ६ वटा बंगुर मरेका छन्। विहान ८ः३० बजे वर्षासँगै परेको चट्याङले त्रियुगा नगरपालिका–१३ असारीका ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

खेतमा धान रोपाईका लागि काम गर्दै गरेका बेला चट्याङको झट्का लाग्दा बेहोस् भएका चौधरीलाई घट्नास्थलबाट प्रहरीले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएको थियो । तर, अस्पताल ल्याउँदा ९ः०० बजे डाक्टरले मृत्यु भईसकेको घोेषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए । मृतकको शव जिल्ला अस्पतालमा राखेर पोष्टमार्टमको प्रक्रिया सुरु भएको छ ।

त्यसैगरी त्रियुगा १३ कै एक बृद्धासहित दुई महिला चट्याङ लागेर घाईते भएका छन् । खेतमा रोपाईकै तयारीमा लागेकी त्रियुगा १३ भातीखर्ककी ३१ वर्षीया अनिता खड्कालाई चट्याङको झट्का घाईते बनाएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केकी छिन् ।  

उता विहान ७ः०० बजे त्रियुगा १३ कै जोगीपोखरीस्थित ६१ वर्षीया आमा तीर्थमाया मगर पनि चट्याङले सामान्य घाईते भएकी छिन्। मगरले सञ्चालन गरेको बंगुर फाराममा चट्याङपर्दा ६ वटा बंगुर मर्नुका साथै बृद्धा घाईते भएको प्रहरीले जनाएको छ । बंगुर मर्दा मगरको ७० हजारबढीको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताएका छन् ।

प्रकाशित: ११ असार २०७७ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App