२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

दाङमा मृत्यु भएकी महिलामा कोरोना

दाङमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । घोराही सडकमा बेवारिसे अवस्थामा रहेकी ति महिलाको वुधबार बेलुका निधन भएको थियो । अचेत अवस्थामा सडकमा रहेकी ति महिलालाई देखेपछि स्थानीय र जनप्रतिनिधिहरूले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याएका थिए । 

उनी घोराहीको ट्राफिक चोक नजिकै रहेको चौतारामा केहि दिन देखि वेवारिसे अवस्थामा बस्दै आएकी थिईन् । उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उपचारका मृत्यु भएकी ति महिलाको स्वाब जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

‘ति महिला केही दिन देखि घोराहीको ट्राफिक चोक नजिकै वेवारिसे अवस्थामा रहेको र उनी एक्कासी बिरामी परेपछि अस्पताल पुर्याइएको थियो,’ उनले भने, ‘उपचारका क्रममा उनको निधन भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान लगिएको निधन भयो र कोरोना पोजेटिभ देखियो ।’ ति महिलाको नाम ठेगाना केही खुलेको छैन । ति महिलाको शव व्यवस्थापन नेपाली सेनाले गर्ने छ । ‘शव व्यवस्थापनका लागि नेपाली सेनाले काम गरिरहेको छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ।  

यसैबिच दाङमा शुक्रबार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दाङका थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन्।

प्रकाशित: १२ असार २०७७ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App