कपिलवस्तुकोे शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षीय सत्यनारायण कुर्मीलाई चट्याङ लागेको मृत्यु भएको हो । घटनामा गंभार घाईते भएका उनलाई चन्द्रौटा स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतको छाती र बायाँ हातमा गहिरो चोट लागेका थियो ।
प्रकाशित: ११ असार २०७७ १३:१८ बिहीबार