९ आश्विन २०८१ बुधबार
image/svg+xml

लागूऔषधसहित २ जना पक्राउ

प्रतिबन्धित लागूऔषध सहित २ जना कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सिमावर्ती भारतीय बजारबाट काठमाडौंतर्फ लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौं टोखा नगरपालिका २९ का २१ वर्षीय प्रिन्स तामाङ र तारकेश्वर नगरपालिका ३ का २३ वर्षीय विकास मर्हजनलाई प्रहरीले पक्राउ गरेको हो।

एक क्वीन्टल बढी चरेस बरामद, दुई जना पक्राउ

धादिङ्ग प्रहरीले एक क्वीन्टल बढी चरेस बरामद गरेको छ। काठमाडौंबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट प्रहरीले १ सय ५ किलो चरेस बरामद गरेको हो ।

उद्योगपति केडियाको अपहरणका मुख्य योजनाकार पक्राउ

नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

विप्लव समूहका नेता काठमाडाैँबाट पक्राउ

प्रहरीले विप्लव समूहका एक नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुस्थित एनसेल गेटअगाडि भएको बम बिस्फोट घटनामा संलग्न भएको आरोपमा सो समूहका नेता केदार खतिवडालाई पक्राउ गरेको हो।

एक करोड बढीको सुन बरामद, ब्यापारी परे प्रहरी फन्दामा

धनगढी प्रहरीले २ किलो ३ सय ग्राम सुन बरामद गरेको छ। उक्त सुनसहित सोही ठाउँका एक व्यापारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घुससहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने इन्जिनियर हृदयराज बजगाईंलाई पक्राउ गरेको छ।

किशोरी र युवती बलात्कार आरोपमा दुई युवक पक्राउ

किशोरी र युवती बलात्कार आरोपमा दुई युवकलाई पक्राउ गरी मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ। बारा करैयामाई गाउँपालिका ३ बस्ने २३ वर्षीय जितेन्द्र मुखिया विन र हेटौंडा उपमहानगरपालिका ११ सिमलटार बस्ने २१ वर्षीय बुद्धलाल मुक्तानलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ आदेश पर्खंदै सुरक्षा निकाय

मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन्।

काठ तस्करीमा संलग्न एक जना पक्राउ

कञ्चनपुरमा काठ तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करीमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले सोमबार पक्राउ गरेको हो।

१२ ग्राम खैरो हिरोइन बरामद, तीन युवा पक्राउ

झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्। झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन्।

घुस माग्ने प्रधानाध्यापक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकबाट ऋण मिलाइदिने भन्दै घुस माग्ने एक प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ।

गाँजासहित युवक पक्राउ

सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चन्दका कार्यकर्तामाथि राज्य विरुद्धको अपराधमा अनुसन्धान

‘संगठन बिस्तार’ को क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ नेता, कार्यकर्तामाथि सिन्धुपाल्चोक प्रहरीले राज्य विरुद्धको अपराधमा अनुसन्धान थालेको छ। सिन्धुपाल्चोक जिल्ला अदालतले उक्त अपराधमा अनुसन्धान गर्न प्रहरीलाई आइतबार १० दिनको म्याद दिएको छ।

हत्याका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

छिमेकीको हत्या गरी फरार रहेका एक वृद्धलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको साविक जोगमाई गाविस–९ (हाल सूर्याेदय नगरपालिका–१) का ७३ वर्षीय रणबहादुर राईलाई पशुपतिनगरस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरिएको हो।

चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको छ। उनीहरुका गतिविधिलाई उच्च निगरानीमा राखिरहेको नेपाल प्रहरीले उनीहरुलाई शुक्रबार राती एकै पटक नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुमा अधिकांश जिल्ला तहका नेता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्