१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सहकारी ठगी मुद्दाका सिजापति कतारमा पक्राउ

सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

सहकारी ठगीमा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका– ४ गणेशपुरका सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको हो।  

काठमाडौंको तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सिजापतिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो।

इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित: २७ माघ २०८० ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App