२९ वैशाख २०८१ शनिबार
image/svg+xml

लागूऔषध मुद्दामा रेड नोटिस जारी गरिएका राई कुवेतबाट पक्राउ

लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार रोशन राई कुवेतबाट पक्राउ परेका छन्।

सहकारी ठगी मुद्दाका सिजापति कतारमा पक्राउ

सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

वैदेशिक रोजगारीको नाममा ८३ जनालाई ठगी गर्ने कोमलराज पक्राउ

सर्लाही घर भई संयुक्त अरब इमिरेट्स बस्दै आएका ४१ वर्षीय उपाध्यायले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ८३ जनाबाट २ करोड ६३ लाख ५४ हजार ठगेको आरोप छ।

स्वदेश फर्किए प्रहरी महानिरीक्षक, इन्टरपोलको ९२ औँ महासभा ग्लास्गोमा हुने

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्।

प्रहरी महानिरीक्षक कुँवर भियना प्रस्थान, कार्यभार अतिरिक्त महानिरीक्षक राईलाई

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रिया प्रस्थान गरेका छन्।

इन्टरपोल पूर्वप्रमुखलाई साढे १३ वर्ष जेल

चीनले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)का पूर्वप्रमुख मेङ्ग होङ्गवेलाई साढे १३ वर्ष जेल सजाय सुनाएको छ। उनीमाथि २१ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागेको थियो। जेल सजायको साथै उनले जरिवाना पनि तिर्नुपर्ने भएको छ।

प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

इन्टरपोलको सक्रियतामा बेपत्ता दिदीबहिनी भारतमा फेला

यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए।

इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलब्धिपूर्ण : खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) काे ८७ औं महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्।

रुसी प्रतिद्वन्दीलाई हराउँदै किम बने इन्टरपोल अध्यक्ष

रुसी प्रतिद्वन्दीलाई पराजित गर्दै दक्षिण कोरियाका किम जोङ–याङ अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को अध्यक्षमा निर्वाचित भएका छन्।

इन्टरपोल महासभा आजदेखि

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को महासभामा भाग लिन दुबई गएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा आइतबारदेखि इन्टरपोलको ८७औं महासभा सुरु हुँदैछ।

‘घुस लिएको आरोपमा इन्टरपोल प्रमुख मेङ पक्राउ’

चीनमा पक्राउ परेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका प्रमुख मेङ होङ्वेईमाथि घुस लिएको अभियोगमा अनुसन्धान भइरहेको चिनियाँ अधिकारीहरुले घोषणा गरेका छन्।

इन्टरपोल प्रमुख बेपत्ता, अनुसन्धान सुरु

अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएपछि फ्रान्समा अनुसन्धान सुरु गरिएको छ।

इन्टरपोल सहयोगमा साउदी अरबमा पक्राउ परे नेपाली सेनाका पूर्व जवान

अठार वर्षअघि कास्कीमा भएको हत्या प्रकरणका एक दोषीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इन्टरपोलको सहयोगमा साउदी अरबबाट पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्