सुदूरपश्चिममा एकै दिन १७ जनाको मृत्यु (अपडेट)
सुदूरपश्चिममा एकै दिनमा मृत्यु भएको यो संख्या अहिले सम्मकै सर्वाधिक हो। यस अघि बैशाख २० गते सोमवार एकै दिन १४ जनाको मृत्यु गएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार बिहिवार कन्चनपुरमा ८ , कैलालीमा ६, बझाङमा १, अछाममा १ र दार्चुलामा १ गरि १७ जनाको संक्रमितको संक्रमणले मृत्यु भएको छ।