१६ आश्विन २०८१ बुधबार
image/svg+xml

खुल्यो अनअराइभल भिसा

सरकारले खोप नलगाएका विदेशीको हकमा भने सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर एजेन्सीमार्फत नेपाल भ्रमणको अनुमति पाउनेछन्। त्यस्ता व्यक्तिलाई नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ।

पुनर्जीवनको पर्खाइमा पर्यटन

पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ।

होटल बुक गरेको प्रमाण भएका विदेशीमात्र नेपाल छिर्न पाउने

संस्कृति, पर्यटन था नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८’ जारी गरेको हो

गाडीलाई सीमा खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देउवाले यस्तो बताएका हुन्।

पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ। विश्वमा चर्चित पदमार्गहरुले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ।

रामानुज दर्शनका दुई पुस्तक सार्वजनिक

कृतिहरूको सारांश र रामानुजाचार्यसम्बद्ध स्तोत्र समेटिएको विशालकाय ग्रन्थ सार्वजनिक गरिएको हो। रामानुजाचार्यसम्बद्ध सम्पूर्ण विषय समेटिएको नेपाली भाषाको पहिलो पुस्तक भएको वक्ताहरूले बताएका छन्। ‘यतीन्द्रमतदीपिका’ श्रीनिवासाचार्यद्वारा रचित कृतिको नेपाली अनुवाद सार्वजनिक गरिएको हो।

पर्यटन प्रवर्द्धनमा नेपाल र रुसबीच सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र काठमाडौंस्थित रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच भेटवार्ता भएको छ।

पोखरेली पर्यटन व्यवसायी भन्छन्ः अब व्यवसाय खोलौं

कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।

बाँके निकुञ्जभित्र पूर्वाधार तयार, पर्यटकको प्रतीक्षा

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने संरचना तयार गरेको छ। निकुञ्जका विभिन्न स्थानमा सफारीका लागि वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले बाँचे निकुञ्ज स्थापना गरेको थियो।

मौद्रिक नीतिमा पर्यटन व्यवसायी: घोषणा मात्र होइन व्यवहारमा लागू हुनुपर्छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले कोमामा रहेको पर्यटन व्यवसायीलाई राहतका कार्यक्रम ल्याए पनि जोखिमयुक्त पर्यटन क्षेत्रका समस्या समाधान हुने गरी नीतिको कार्यान्वयन गर्न उनीहरूले जोड दिएका छन्।

कोरोना विरुद्धको खोपले पर्यटनमा आशा

कोरोना भाईरस संक्रमणको मार खेप्दै आएको पर्यटन क्षेत्र बल्ल खोपमा पहुँच पु¥याउन सफल भएको छ । खोप बिना पर्यटन क्षेत्र खुलाउन नसकिने बताउँदै आएको पोखराको पर्यटन क्षेत्रका लागि भनेर विहीबार पहिलो खेपको केहीमात्रा खोप उपलब्ध गराइएको छ । खोप लगाएपछि पर्यटन क्षेत्र सुरक्षित हुने व्यवसायीको अपेक्षा छ ।

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन्।

अन्योलमै गुज्रिएको पर्यटन क्षेत्र (फोटोफिचर)

कोरोना भाइरस संक्रमणले लामो समयसम्म थलिएको पोखराको पर्यटन व्यवसायले गति लिने संकेत देखाएको छ । तर, संक्रमण कुन रुपमा अघि बढ्ने भन्ने निश्चित नहुँदा व्यवसायी भने अन्योलमा देखिएका छन् ।

व्यवसायीको खोप माग सुनिएन

खोप माग्दै उनीहरू दिनहुँजसो संघीय, प्रदेश सरकार, स्थानीय तहमा पुगिरहेका छन्। तर अहिलेसम्म व्यवसायीले खोप पाएका छैनन्। एकाध व्यवसायीले पहुँचको आधारमा खोप लगाए पनि पर्यटन क्षेत्रले खोपमा प्राथमिकता पाएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्