१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन: पर्यटन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

खोप र राहत नपाए सरकारलाई तालाचाँबी बुझाउँछौः पोखरेली पर्यटन व्यवसायी

कोरोना भाईरस संक्रमणको दुईवटा लहरको मार खेपिसकेका पर्यटन व्यवसायीले खोपमा प्राथमिकता नपाउने र पर्यटन क्षेत्र लक्षित राहत कार्यक्रम नल्याउने हो भने आन्दोलन गर्ने चेतावनि दिएका छन् । व्यवसाय टिकाउन हम्मेहम्मे परेको भन्दै व्यवसायीले व्यवसायको तालाचाँबी नै सरकारलाई बुझाउनेसम्मको चेतावनि दिएका हुन् ।

खोपबिना व्यवसाय असम्भव: पर्यटन व्यवसायी

सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक कार्यक्रम पनि गरे।

पर्यटन व्यवसायी भन्छन्ः व्यवसाय टिकाउन सकस भयो

कोरोना भाइरस संक्रमणको चपेटामा परेका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र निकै नै अप्ठेरो अवस्थाबाट गुज्रेको भन्दै सरकारको साथ नपाए व्यवसाय टिकाउन नसकिने बताएका छन् । पर्यटन क्षेत्र अस्तव्यस्त हुन थालेको भन्दै उनीहरुले चिन्ता जनाएका छन् ।

कोरोना कहरः मासिक १० अर्ब गुमाउँदै पर्यटन क्षेत्र

सुदर्शन कार्कीले २०६० सालदेखि चरिकोटमा होटल चलाउँदै आएका थिए। कोरोना महामारी आउनु र लकडाउन हुनुअघिसम्म उनको होटल आन्तरिक पर्यटकले भरिभराउ हुन्थ्यो।

पशुपति परिसरभित्र राम मन्दिर शिलान्यास

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्यास गरेका छन्।

पर्यटन क्षेत्रका कर्मचारीलाई सिआइटीबाट सापटी

नागरिक लगानी कोष (सिआइटी) ले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी दिने व्यवस्था मिलाएको छ।

गण्डकीको नीति तथा कार्यक्रममा पर्यटनः ‘गोल्डेन ट्र्यांगल’ दुई दशकअघिकै अभ्यास

प्रदेश प्रमुखले पोखरा–काठमाडौं–लुम्बिनीलाई ‘गोल्डेन ट्र्यांगल’को रूपमा विकास गर्ने बताए पनि यो रुट प्रवर्द्धनको प्रयास वर्षाैं अघि नै भएको थियो। यसलाई पर्यटन व्यवसायीले निकै प्राथमिकता दिएर प्रवर्द्धन गरेका थिए। व्यवसायीले पोखरा–काठमाडौं–चितवनलाई मात्र ट्र्यांगलमा समेटेका थिए।

वायुसेवा निगमलाई नाफामा लान पर्यटनमन्त्रीको निर्देशन

उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए।

पर्यटन क्षेत्रका मजदुर भन्छन्– अब खेतीपाती गरौं

पर्यटन मजदुर संगठन (युनिट्राभ) का गण्डकी अध्यक्ष विजय केसी पनि अधिक मजदुर बेरोजगार भएपछि पुख्र्याैली घर फर्केर खेतीपाती सम्हालेको बताउँछन्। धेरैजसो बजारबाट बाहिरिएको उनले बताए।

व्यवसायी भन्छन्ः कोरोनाविरुद्धको खोप नपाएसम्म पर्यटन क्षेत्र खुल्दैन

कोरोना भाइरसको दोश्रो लहरसँगै वैशाख दोश्रो सातादेखि पर्यटन क्षेत्र ठप्प छ । सुनसान बनेको पर्यटन क्षेत्र अब कहिले खुल्ला भन्ने यकिन छैन । तर, पर्यटन व्यवसायी भने कोरोनाविरुद्धको खोप नपाएसम्म अवस्था सहज भईहालेपनि व्यवसाय नखोल्ने अडानमा छन् ।

पर्यटनमा बजेटः हरेक वर्ष घोषणा, तर कार्यन्वयन हुँदैन

चालु आर्थिक वर्षको बजेट कार्यन्वयन गर्ने कार्यविधि बन्न सातमहिना लाग्यो । अनि कार्यन्वयनमा आउँदा ठुला र पहुँचवाला व्यवसायीले मात्र लाभ लिन सके । साना र मझौला आकारका व्यवसायीले केही पाएनन । अहिले पनि आश गर्ने ठाउँ छैन ।

पर्यटन क्षेत्रका मजदुर भन्छन् : पर्यटनको टुंगो भएन, खेतीपातीमा लाग्यौं

ठुला संस्थामा कार्यरत उच्च तहका कामदार पर्ख र हेरको अवस्थामा छन । रेस्टुरेन्ट, पदयात्रा, सवारी लगायतमा कार्यरत सहयोगी अहिले घरमै छन, तल्लो वर्गको मजदुर पुरै बिस्थापित भए । अधिकांश घर फर्के भने उनीहरुले पेशा पनि परिवर्तन गरे ।’

पर्यटन व्यवसायी भन्छन्ः ऋणको ब्याजदर पाँच प्रतिशत भन्दा कम हुनुपर्छ

बजेट आउने दिन नजिकिँदै जाँदा पर्यटन व्यावसायी पोहोर भन्दा झनै बढी कोरोनाले थलिएका छन् । कोरोनाले निम्त्याएको अहिलेको अनिश्चितता कहिलेसम्म भन्नेमा यकिन छैन । त्यसैले आगामि वर्षको बजेट ल्याउँदा सरकारले पर्यटन क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने व्यवसायीको भनाई छ ।

एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्