१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

होटल बुक गरेको प्रमाण भएका विदेशीमात्र नेपाल छिर्न पाउने

सरकारले विदेशबाट नेपाल आउनेहरुलाई लक्षित गरी आदेश जारी गरेको छ। कोभिड १९ को नयाँ भेरियण्ट संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न आदेश जारी गरेको सरकारले जनाएको छ।

संस्कृति, पर्यटन था नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८’ जारी गरेको हो। जारी आदेशमा नेपाल आउने विदेशी नागरिकले पूरा गर्नुपर्ने शर्तहरु, विदेशी नागरिकले नेपाल प्रवेश गरेपछि पालना गर्नुपर्ने शर्तहरु, नेपाली नागरिक वा गैर आवासीय नेपाली नागरिक नेपाल फर्कंदा वा आउँदा पालना गर्नुपर्ने यात्राका शर्तहरु, कुटनीतिक नियोग वा अन्य निकाय सम्वद्ध व्यक्तिहरु नेपाल आउँदा पालना गर्नुपर्ने यात्राका शर्तहरु, नेपालबाट तेस्रो मुलुक प्रस्थान गर्नेसम्बन्धी व्यवस्था, बालबालिकाको परीक्षणसम्बन्धी व्यवस्थालगायतका प्रावधान छन्।

आदेश अनुसार प्रचलित कानून बमोजिम अनराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड १९ विरुद्धको खोपको मात्रान पूरा गरेका नागरिकलाई अनअराइभल भिसा दिइनेछ। त्यस्तो विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दूमा भिसाको लागि आवेदन गर्दा भिसाका लागि आवइक अन्य काजगातका अतिरिक्त कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्ज्दा ७२ घन्टाभित्रको कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण, सिसीएमसीको वेभसाइट लगइन गरी अनलाइन फारम भरी सोको प्रिन्टप्रति आवश्यक रहेको आदेशमा उल्लेख छ।

यस्तै विदेशी नागरिकले नेपाल प्रवेश गरेपछि पालना गर्नुपर्ने शर्तहरु पनि आदेशमा उल्लेख गरेको छ। जसअनुसार विदेशी नागरिक अनिवार्य रुपमा १० दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने, एघारौं दिनमा कोभिड १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र त्यस्तो विदेशी नागरिक नेपाल भ्रमणको उद्देश्य बमोजिमको काममा संलग्न हुन पाइने छ।

प्रकाशित: ७ आश्विन २०७८ १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App