८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

आजको कार्टुन

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा आजसम्म गणना...संक्रमित लाख नाघे, मृत्यु झण्डै हजार...भनेर सरकारलाई व्यंग गरिएको छ।

धरानमा थप २ संक्रमितको मृत्यु

धरानमा मंगलबार दिउँसो थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको हो।

कोरोनाप्रति लापरवाही : निकटता बढ्छ, अनि मास्क खुल्छ

केहिदिन अघि एक पेशागत समूहका दशजना सदस्यहरुको एउटा कोठामा ‘मिटिङ’ बस्यो। मिटिङ चलिरहँदा सहभागि दशमध्ये पाँचजनाले मास्क खोले। बाँकी पाँचमध्ये दुईजनाले बैठक अवधिभर नै मास्क खोलेनन्, अरु तीनजना केही दूरी कायम गरेर भिन्दै सोफामा बसे।

न्यायालयमा यसरी छिर्‍यो भाइरस

जेलमा कैदीबन्दीबाट हस्ताक्षर भएर आएका कागज, प्रहरीले अनुसन्धान गरेका दसी र प्रमाणको मूल्यांकन गर्ने क्रममा पेस गरिने प्रमाण कागजात, खाजा खाँदा टेबुल, प्लेट, चम्चाको प्रयोगमा हुने असावधानीले न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीमा कोरोना भाइरस सरिरहेको छ।

रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको अनुमति

सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ।

गम्भीर बिरामी बढ्दै जाँदा ‘रेम्डेसिभिर’ अभाव

नेपालको हालको औषधि ऐनमा ‘इमर्जेन्सी अथोराइजेसन’ को प्रावधान नभएका कारण यो औषधि अनुसन्धान प्रयोजनका लागि भनेर आयात गरिएको छ। यो औषधिलाई निर्बाध आयात गर्न रहेका कानुनी अड्चन फुकाउन मन्त्रिपरिषद्मा प्रस्तावसमेत लाने तयारी भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

लुम्बिनी प्रदेश उपसभामुखलाई कोरोना संक्रमण, प्रदेशसभा ६ गतेसम्म बन्द

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उपसभामुख थारुले मंगलबार सामाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन।

कोरोनाबाट प्रभावित व्यवसायलाई राहतको माग गर्दै पेरिसमा जुलुस

होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन्। उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग प्याकेजहरू उपलब्ध गराउन माग गरेका हुन्।

उपत्यकामा एकै दिन थपिए २ हजार १ सय २९ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना कोरोना संक्रमित थपिएका छन्।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ। यस्तै ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १५ सय ३ जना कोरोना मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५ सय ५६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १५ सय ३ जना कोरोना मुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

मोवाइल स्क्रीन र पैसामा कोरोना भाइरस २८ दिनसम्म रहन सक्ने

अनुसन्धानकर्ताले भनेका छन् कोभिड १९ संक्रमण गराउने कोरोना भाइरस पैसा, मोवाईलको स्क्रीन तथा स्टिल जस्ता बस्तुमा २८ दिनसम्म जीवित रहन सक्ने बताएका छन्।

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड १९ (कोरोना) सक्रङ्मण पुष्टि भएको छ।

अनलाइन शिक्षणमा ‘आर्टिफिसियल इन्टलिजेन्स’

कोरोना महामारीले विश्वव्यापी रुपमा अनलाईन शिक्षण अबलम्वन गर्न वाध्य पारेको बेला एक अमेरिकी कम्पनीले नेपाल लगायत विभिन्न राष्ट्रमा अनलाईन शिक्षालाई सबैको पहुँच भित्र पुर्याउन र सर्वसुलभ पार्न एवंम शिक्षणलाई डिजिटल रुपान्तरण पार्ने प्रयाश थालेको छ।

विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पतालमा दुईजना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्