९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अनलाइन शिक्षणमा ‘आर्टिफिसियल इन्टलिजेन्स’

कोरोना महामारीले विश्वव्यापी रुपमा अनलाइन शिक्षण अबलम्वन गर्न वाध्य पारेको बेला एक अमेरिकी कम्पनीले नेपाल लगायत विभिन्न राष्ट्रमा अनलाईन शिक्षालाई सबैको पहुँच भित्र पुर्याउन र सर्वसुलभ पार्न एवंम शिक्षणलाई डिजिटल रुपान्तरण पार्ने प्रयाश थालेको छ। अमेरिकाका न्युयोर्कमा अवस्थित फयुजमेशीन इन्क नामक कम्पनीले कृत्रिम बुद्धिमत्ता अर्थात ‘आर्टिफिसियल इन्टलिजेन्स’ को प्रयोग मार्फत नेपाल, क्यानडा, डोमिनिकन रिपव्लिक तथा अमेरिकाका विभिन्न विद्यालय तथा क्याम्पसमा अनुदान सहयोग मार्फत अनलाईन शिक्षालाई प्रभावकारी पार्न योगदान दिदै आएको छ।  

कोभिड महामारी र लकडाउनले सिर्जना गरेको प्रतिकुल परिस्थितीमा पठनपाठन प्रभावित भएको पृष्ठभुमिमा नयाँ प्रविधियुक्त फ्युज क्लासरुपम र विद्यालय अनुदान कार्यक्रम शुरु गरिएका हो।  

कृत्रिम बुद्धिमत्ता (अर्टिफिसियल इन्टलिजेन्स) प्रवद्र्धित प्लेटफर्मले नेपालमा अनलाइन कक्षा  प्रभावकारी बनाइदै

शिक्षा क्षेत्रलाई डिजिटल रुपान्तरणका लागि यो प्रविधि अन्तर्गतको फ्युज क्लास रुमा प्रत्यक्ष रुपमा कक्षा संचालन गर्न, अनलाईन पाठ्यक्रम उपलव्ध गराउन, सन्दर्भ सामाग्रको खोजी गर्न, विद्यार्थीसँग प्रत्यक्ष कुराकानी गर्न, हाजिरीजवाफ तथा परिक्षा सन्चालन गर्न, विद्यार्थी भर्ना गर्न लयायत पाठ्यक्रम सिर्जना गर्ने सुविधा भएको फ्युज क्लासरुमका निर्देशक पराग श्रेष्ठ बताउँछन्। यसैगरी अनलाईन कक्षा फरक फरक समयमा लिने सुविधा समेत यो प्रविधिले दिएको उनी बताउँछन्।

हालसम्म कुल २० विद्यालयमा यो अनुदान कार्यक्रम अन्र्तगत सहयोग उपलव्ध गराइएको छ। कम्पनीले नेपालका कुल ५० देखि १०० विद्यालयलाई यो कार्यक्रमा समेटने तयारी गरेकोछ।  

‘हालसम्म नेपालका कुल ५०० विद्यालयले यो कार्यक्रममा  समावेश हुन आवेदन दिएकाछन, जस्मा ३० प्रतिशत सरकारी, ३० प्रतिशत सामुदायिक र ३० प्रतिशत निजी विद्यालय रहेका श्रेष्ठ बताउँछन्। प्रत्येक विद्यालयलाई २ लाख ५० हजार बराबरको गैर नगद अनुदान उपलव्ध गराइने र यो कार्यक्रमका लागि कुल २ करोड ६० लाख बजेट विनियोजित गरिएको पनि उनले बताए।  

कोरोना महामारी शुरु भएयता शुरु भएको यो कार्यक्रमले कार्यक्रम संचालन भएका चार देशका २५ हजार विद्यार्थी तथा शिक्षक लाभान्वित भएकाछन्।

‘फ्युज क्लासरुम नविनतम सोच भएको विधि हो र यो समावेशी शिक्षाका लागि उपयोगी प्लेटफर्म हो,’ उनी भन्छन।  

उनी थप्छन, अनलाईन सिकाई अनुभवलाई प्रभावकारी पार्न हामी हाम्रा उत्पादन र सेवा दुवै विद्यालयहरुलाई उपलव्ध गराउँछौ। यसै गरी या यो विधि अन्तर्गत रहेका ७ मोडुल मध्ये हाल २ वटा मोडुल नेपालमा कार्यन्वयन गरिने बताइएको छ जस्मा लर्निङ मेनेजमेन्ट सिस्टम र अनलाइन लाइभ रहेकाछन्। यसैगरी साझेदार विद्यालयलाई विशेषज्ञको टोलीले नियमित सहयोग गर्ने, प्रशिक्षण उपलव्ध गराउने तथा अन्य सफ्टवेयरको प्रयोग सहज पार्न सहजिकरण सेवा उपलव्ध गराइने जानकारी श्रेष्ठले दिए।  

उनी थप्छन, ‘हामी आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी सम्वन्धित  विद्यालयलाई डाटा पनि उपलव्ध गराउँछौ र जसले विद्यार्थीको पढाइको स्तर कस्तो छ र उस्लाई कस्तो शिक्षण आवश्यक छ भनेर भनेर जानकारी दिनसक्छ। उनी कक्षा कोठालाई कागजरहीत पार्न यो विधि सहयोगी हुने पनि बताए।  

यसैगरी यो विधिमा दोहोरो संचारको व्यवश्था भएकाले अन्तरक्रियात्मक शिक्षण हुने बताइएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमले विद्यार्थीले गरेको प्रगतिका सुचकहरु देखिन्छ तथा यो विधि अन्तर्गत विद्यार्थी र सम्वन्धित शंकायबीच एक आपसमा छलफल गर्ने फोरमको समेत सुविधा उपलव्ध हुन्छ।  

‘क्लास रुपमा विद्यार्थीले प्रश्न सोध्न सक्छन र जस्लाई आर्टिफिसियल इन्टेलिजेन्सले उत्तर दिन्छ, यस्ले गर्दा सम्वन्धित शिक्षकले सवै प्रश्नको उत्तर दिनुपर्ने झन्झट हुँदैन,’ उनी भन्छन्।

कोरोना महामरी यता अनलाइन शिक्षा एक प्रमुख विकल्प भएपनि यसका लागि आवश्यक इन्टरनेट, कम्युटर, स्मार्टफोनको उपलव्धता सवैलाई नहुनु चुनौतीको विषय बनेकोछ।  

यसका लागि सरकार, विद्यालय, गैरसरकारी सस्थ, शिक्षक तथा सवै सरोकारवालको हातेमालो आवश्यक रहेको ठान्छन श्रेष्ठ।

‘यो चुनौतीको समयमा सवैको सहकार्यले शिक्षाको डिजीटलाईजेशन गर्न सकिन्छ र सही अर्थमा शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ,’ उनी थप्छन्।

 

 

प्रकाशित: २५ आश्विन २०७७ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App