१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

लोकतन्त्र चाहिन्छ, यस्तो नेतृत्व चाहिन्न !

वास्तविकता यस्तो छ कि लोकतन्त्रप्रति जनताको आस्था अटुट छ तर नेताको बोलीमा रत्ति पनि विश्वास छैन।

भ्रष्टाचार अन्त्यका लागि इमानदारी आवश्यक: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमानदारी हुनुपर्ने खाँचो औंल्याएका छन्।

प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकता

नेपालको सन्दर्भमा २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका दौरान एक दर्जन भन्दा बढी पत्रकारहरू सुरक्षा निकाय र ने.क.पा. (माओवादी) द्वारा मारिएका तीतो यथार्थ हामीसामु छ। त्यसमध्ये माओवादीबाट मारिएका पत्रकार डेकेन्द्रराज थापा मानव अधिकार तथा शान्ति समाज दैलेख शाखाको पहिले सचिव र पछि सल्लाहकार थिए।

रामचन्द्रको ऐनामा गुल्जारीलाल

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेलको सपथपछि उनी अगाडिका चुनौतीबारे घोत्लिइरहँदा भारतमा दुई दुई पटक कार्यबाहक प्रधानमन्त्री बनेका गुल्जारीलाल नन्दाको संझना आइरह्यो।

न्याय क्षेत्रमा नैतिकता

नागरिक जीवनमा न्यायका निम्ति जाने सबैभन्दा अन्तिम ठाउँ न्यायालय हो। त्यसकारण यो संस्था नागरिक भरोसायोग्य हुनुपर्छ। न्यायाधीशकै नियुक्तिमा भरोसा गर्न नसक्ने स्थिति रह्यो भने न्याय सम्पादनमा आशा गर्न सकिँदैन।

एसपिपी प्रकरणः राजनीतिमा नैतिकता हरायो

प्रतिनिधि सभा सदस्य एवं माओवादी नेत्री अमृता थापाले राजनीतिमा नैतिकता हराउँदै गएको बताएकी छन्।

आदर्श अभ्यासको अपेक्षा

पछिल्ला वर्षमा पार्टी प्रमुखले आफ्ना संरचनाभित्र छलफललाई बढाउन सकेका छैनन्। जस्तोसुकै निर्णय गर्ने बेला अध्यक्ष वा पार्टी प्रमुखलाई निर्णयको अधिकार दिने गरेका छन्। यस्ता निर्णयका निम्ति पार्टी प्रमुख एक्लै जिम्मेवार हुनुभन्दा सामूहिकताले सही ठाउँमा पुर्‍याउन सक्छ । आन्तरिक लोकतन्त्र बलियो नबनाई कुनै पनि दलले अगाडि बढ्न सक्ने स्थिति हुँदैन।

संवैधानिक नैतिकता र धर्मनिरपेक्ष

चर्चले सांसद नियुक्त गर्ने देशमा धर्मनिरपेक्ष चाहिएला। हामीकहाँ मन्दिरले यतिजना पुजारीलाई सांसद नियुक्त गरिएको छ भनेर कहिल्यै भनेन।

अडान र नैतिकताले अब नयाँ इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँचजना रहेको संवैधानिक इजलासका न्यायाधीशद्वय केसी र श्रेष्ठको विषयमा कानुन व्यवसायीले प्रश्न उठाएपछि आइतबार सुनुवाइ रोकिएको थियो। तर दुवैजनाले आफूहरूले इजलास छोड्नुपर्ने कारण नै नभएकाले नछोड्ने अडान मंगलबार सुनाए। त्यसपछि न्यायाधीशद्वय कार्की र भट्टराईले नैतिकताका आधारमा इजलासमा नबस्ने घोषणा गरे।

कोभिड खोप प्राथमिकीकरणको नैतिकता

अमेरिकासहित केही अन्य देशमा वञ्चितीकरण परेका र विभिन्न जातीय समूहको सरदर आयु अन्य समूहको भन्दा कम छ । उनीहरू कोभिड–१९ का कारण अरूभन्दा बढी मृत्युको जोखिममा छन् । यस्तो बेला जनसंख्यागत यो समूहलाई खोप उपलबध गराउन नीतिनिर्माताले विशेष व्यवस्था गर्न आवश्यक देखिएको छ ।

बालुवाटार जग्गा प्रकरणः नैतिकताको प्रश्न किन उठ्दैन ?

चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू केहीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा लगाए पनि केहीलाई नैतिक प्रश्नसमेत उठाइएको छैन। आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले आयोगमा पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको अवस्थामा निर्णय प्रक्रियामा सहभागीहरूलाई भने नैतिक प्रश्नसमेत उठाएको पाइएन।

काँग्रेसमा कमजोर बन्दै नैतिकता

कोभिडको कहर कहिले टुंगिने हो थाहा छैन तर काँग्रेससँग धेरै पछाडि धकेलेर महाधिवेशन गर्ने संवैधानिक छूट पनि छैन।

निषेधको राजनीति र नैतिकता

बिस्तारै अधिनायकवादको ढोका खुल्न लागेको छ। मानिसले बोल्न नपाउने गरी यन्त्रणा दिने छायाँ दलको निर्माण सत्ताले गर्न लागेपछि मानिसमा अधिनायकवादी भयले घर गर्न लागेको छ। यतिसम्म कि प्रमुख प्रतिपक्षी नेताका बाटा पनि छेकिन लागेका छन्। तनहुँको कुनै गाउँमा निर्धारित कार्यक्रममा पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संघीय संसद्का सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाललाई नेपाल कम्युनिस्ट पार्टीका समर्थक र कार्यकर्ताले लाठी, ढुंगा प्रहार गर्दै आक्रमण गरेका छन्।

विखण्डित नैतिकता

छोरीले आमाको हत्या र बाबुले छोरीको हत्या गरेका असार महिनामा पछिल्ला घटनाहरू अहिले सेलाउने क्रममा छन्। पति विदेश गएको मौकामा परपुरुषसँग सम्बन्ध राखेको र त्यो सम्बन्धमा आमा बाधक बनेपछि योजना बनाएर छोरीले आमाको इहलीला समाप्त गरिदिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्