१६ वैशाख २०८१ आइतबार
image/svg+xml

नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा पाहुनाको भिडभाड

नेपाली नयाँ वर्षको अवसर पारेर यति बेला पाहुना घुमघाममा निस्केका छन्। पाहुनाका कारण पर्यटकीय सहर पोखरा सहित पदयात्रा क्षेत्रमा समेत उत्तिकै भिडभाड छ।

मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तजनको घुइँचो

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

१०३ जनाको मृत्यु पछि इरानमा आज राष्ट्रिय शोक

इरानी समाचार संस्था इरनाका अनुसार आज एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरिएको हो।

भूकम्पपछि स्वास्थ्य चौकीमा बिरामीको भीड

जाजरकोटको बारेकाट गाउँपालिका–१ को रामीडाँडा स्वास्थ्य चौकीमा आजभोलि बिरामीको भीड लाग्छ।

तिहार आएसँगै सयपत्री फूलको माला किन्नेहरूको भीड

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ।तिहार सुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री वितरण उल्लेख्य रहेको छ । विशेष गरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ।

आज धनतेरसः सुनचाँदीका भाँडा किन्नेहरुको भीड

आज कात्तिक द्वादशी, अर्थात् धनतेरस। सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ।

अछाम जिप्रकामा सेवाग्राहीको भीड

हिन्दूहरुको महानचाड दसैं सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्राशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो।

ब्रह्मायणी जात्रा सुरु, बिहानैदेखि हजाराैंको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै हजारौ दर्शनार्थीको भीड लागेको छ।

मौलाकालिका मन्दिरमा भक्तजनको भीड

गैंडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दसैंको नवदुर्गा सुरु भएदेखि भक्तजन आउने क्रम बढ्दै गएको हो। गत वर्षभन्दा यस वर्ष भक्तजनको संख्या उल्लेख्य रूपमा बढेको छ।

सीमापारि भीडभाड, वारि सुनसान

विजयादशमी सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजारमा भने खासै भीड देखिएको छैन।

जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड

आज जनैपूर्णिमा एवं रक्षा बन्धन। देशभरका शक्तिपीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदी बहिनीहरूले राखी बाँधिदिने प्रचलन छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ।

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ।

कर्णालीका अस्पतालमा बिरामीको भीड

कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्