२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्रह्मायणी जात्रा सुरु, बिहानैदेखि हजाराैंको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै हजारौ दर्शनार्थीको भीड लागेको छ। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डु लगायत काभ्रे, ललितपुर र काठमाडौदेखिका भक्तजन आउने गर्दछन्। मन्दिरमा पुजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ।

आजका दिन व्रत बसेका व्यक्ति बिहानै घरदेखि मन्दिरसम्म घस्रिंदै, पल्टिंदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने प्रचलन छ। शरीरमा दीप बालेर र नमस्कार गर्दै घरदेखि मन्दिरसम्म शरीर नापेर जानेको लस्कर लागेको छ। यसो गरेमा मनोका पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ। मन्दिरमा आज दिनभरि नै भव्य मेला लाग्ने गर्दछ।

प्रकाशित: ७ कार्तिक २०८० ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App