२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कर्णालीका अस्पतालमा बिरामीको भीड

फाइल तस्वीर

कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।

सुर्खेतमा दैनिक ४ सयदेखि ५ सयसम्म आँखा पाक्ने रोगका बिरामी उपचार गर्न अस्पताल पुग्ने गरेका छन्। धेरैजसो बिरामी बालबालिका रहेको अस्पतालहरूले जनाएका छन्। अहिले विद्यालयको पठनपाठन पनी प्रभावित हुने देखिएको स्थानीयको भनाइ छ।

देशभर अहिले आँखा पाक्ने रोग भाइरल रूपमा फैलिएपछि कर्णालीमा पनि यसको उपचार र नियन्त्रणका लागि तयारी थालिएको छ। आँखा पाक्ने रोग संक्रमण भएका बिरामीले आआफ्नो नजिकैको स्थास्थ्य संस्था र जिल्ला अस्पतालमा उपचार गर्न डाक्टरले आग्रह समेत गरेका छन्।

सुर्खेतमा दैनिक ४ सयदेखि ५ सयसम्म आँखा पाक्ने रोगका बिरामी उपचार गर्न अस्पताल पुग्ने गरेका छन्। धेरैजसो बिरामी बालबालिका रहेको अस्पतालहरूले जनाएका छन्। अहिले विद्यालयको पठनपाठन पनी प्रभावित हुने देखिएको स्थानीयको भनाइ छ।

यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महसुस हुन्छ।

आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ। यसले एउटा मात्रै वा दुवै आँखामा असर पुर्‍याउन सक्छ।

आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण भाइरसको संक्रमण भएपछि लगत्तै हुने ब्याक्टेरियाको संक्रमण हुने गरेको पाइन्छ। यस्तो भाइरसको संक्रमण भएको बेलामा रुँघाका लक्षण देखिन्छन्।

आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ।

यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्। फूलहरूको पुंकेशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो। प्रायः यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ। कहिलेकाहीँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणका लागि पठाउने डाक्रहरूले बताउने गरेका छन्।

कसरी बच्ने

आवश्यकता अनुसार हात धुने बानी गरे आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पत्ति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ। भाइरसका कारण हुने धेरैजसो संक्रमणको कुनै विशेष उपचार छैन।

त्यस्तै ब्याक्टेरियाका कारण हुने धेरैजसो संक्रमण पनि उपचार नगरी निको हुन्छन्। यद्यपि एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ। कन्ट्याक्ट लेन्स लगाउने तथा गनोरिया वा क्लामिडियाका कारणले आँखामा संक्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवश्यक छ। 

प्रकाशित: १९ श्रावण २०८० ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App