२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजनाबिना जथाभावी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दीगो र जनताको हितमा नहुने समितिको ठहर छ।

डोजरले रोजगारी खोसेपछि...

चरम बेरोजगारीका कारण रोल्पाका ७ घर क्षणभरमै रित्तिएका छन् । शनिबार राती प्युठानमा भएको भयानक दुर्घटनाले रोल्पा होलेरी नजिकै रुमाले गाउँका ६ घर र त्रिबेणीको एक घर उजाडिएको हो ।

कर्णालीका मुख्य सडकहरुमा डोजर राखिने

प्रदेश विपद् व्यवस्थापन केन्द्रले प्रदेशभित्रका मुख्य सडकहरूमा २० देखि ३० किलोमिटरको दूरीभित्र डोजर व्यवस्था गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

लकडाउनमा तामाकोसी भित्र डोजरको ‘बितण्डा’

लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ।

गाउँमा डोजरले रोजगारी खोसेपछि...

कोरोना त्राससंगै कर्मथलो छोडेर थाक थलो खोज्न आतुरहरु यति बेला गृह जिल्ला भित्रिरहेका छन्। बिशेष गरि मजदुरी गर्न बाहिर जिल्ला गएकाहरु आफ्नो गाउँ पर्किन हतारोमा देखिएका हुन्। रोल्पाका अति बिपन्नहरु ‘घरगाउँमा डोजरले रोजगारी खोसे पछि’ उपत्यका तीरका ईट्टाभट्टा र पोखरा, बाग्लुङ, रसुवा, पर्बत, सिन्धुपाल्चोक लगायतका जिल्ला तिर मजदुरीका लागि जाने गर्दछन्।

सडक विस्तारमा अवरोध हुँदा घरमा डोजर

चाबहिल–साँखु सडक खण्डअन्तर्गत मुलपानी थली र डाँछीका सडक क्षेत्रमा पर्ने स्थानीयवासीका घरमा डोजर चलाइएको छ।

अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर

स्थानीय प्रशासनले सरकारी जमिन अतिक्रमण र कब्जा गरेर व्यक्तिले बनाएका संरचना हटाउन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार मालपोत कार्यालयको स्वामित्वमा रहेको जमिनमा बनाइएका ४० वटा घर–टहरामा डोजर चलाएको छ। खारखोलीमा रहेको मालपोतको दुई विघा तीन कट्ठा जमिन ७४ जनाले २० वर्षदेखि कब्जा गरेर बसेका थिए।

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर, व्यवसायी आक्रोशित

प्रदेश सरकारको निर्णयअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भाडामा लगाएका सटरमा बिहिबार डोजर चलाएको छ।

डोजर लगाएर पाखा भत्काउनु मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय, प्रदेश र स्थानीय तीनै सरकार मुलुकको विकास निर्माणमा लागेको बताए।

‘बसाइसराई रोक्न डोजरमुखी बजेट!’

स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट डोजरमुखी भएको सरोकारवालाहरुले बताएका छन्। पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले विनियोजित गरेको बजेट सडक निर्माण केन्द्रीत भएको सरोकारवालाहरुले बताएका हुन्।

ढिस्कोले डोजर च्यापिँदा चालकको मृत्यु

रोल्पामा सडक खन्दै गरेको जेसिबी (डोजर) माथि ढिस्को खस्दा चालकको मृत्यु भएको छ। बा २ क ५१२९ नम्बरको डोजर पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा व्याक कटिङ गरिरहेको अवस्थामा आइतबार दिउँसो जेसिबीमाथि ढिस्को खसेको थियो।

अवैध रुपमा उत्खनन् गर्ने डोजर स्थानीयको नियन्त्रण

राप्ती नदीमा अवैध रुपले बालु्वा तथा गिट्टी उत्खनन् गरिरहेको एक डोजरलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

डोजर प्रकरणः प्रतिवेदन बुझाउन ढिलाइ

गत कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्यायो। डोजरले महिला हुत्याएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाए पनि अहिलेसम्म प्रतिबेदन सार्वजनिक गरेको छैन।

जनप्रतिनिधिले डोजर किन्दा हाम्रा थन्किए : व्यवसायी

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिले कुनै न कुनै तरिकाबाट हेभी इक्विपमेन्ट किनेकाले आफ्ना मेसिन थन्क्याउन बाध्य भएको भन्दै हेभी इक्विपमेन्ट व्यवसायीले गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्