२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक विस्तारमा अवरोध हुँदा घरमा डोजर

सडक क्षेत्रमा रहेका घरमा डोजर प्रयोग गरेर भत्काउँदै। तस्बिर: नागरिक

काठमाडौं – चाबहिल–साँखु सडक खण्डअन्तर्गत मुलपानी थली र डाँछीका सडक क्षेत्रमा पर्ने स्थानीयवासीका घरमा डोजर चलाइएको छ। २ वर्षअघि क्षतिपूर्ति पाएर पटक पटक सूचना दिँदा पनि सडक विस्तारमा अवरोध गरेपछि घरमा डोजर चलाइएको बताइएको छ। साढे १२ किलोमिटर लामो सडक निर्माण क्षेत्रमा रहेका घर नभत्काउँदा सडक विस्तारको काम अवरुद्ध भएको हुँदा बाध्य भएर डोजर प्रयोग गर्नुपरेको सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए।

आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुईपटक क्षतिपूर्ति लिएर पनि अहिलेसम्म घर नभत्काउँदा सडक विस्तारको काम रोकीएकाले बाध्य भएर डोजर प्रयोग गर्नुपरेको हो,’ उनल भने। काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीले घर भत्काउनका लागि घर घरमा सूचना पु-याएका थिए। तर सम्बन्धीत घरधनीले घर नभत्काएपछि काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं उपत्यका सडक विस्तार आयोजना र सडक विभागको पहलमा घरमा डोजर चलाइएको उनको दाबी छ।

उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठकाअनुसार चाबहिल साँखु सडक खण्डमा पर्ने मूलपानी थली र डाँछीका सडक क्षेत्रमा पर्ने घरमा डोजर चलाइएको हो। उक्त सडक खण्डअन्तर्गतको मूलपानीमा र छाँडीमा पर्ने एक/एकवटा, थलीमा पाँचवटा घरमा डोजर चलाइएको उनले बताए। पहिलो चरणमा डोजर प्रयोग गरेर घरधनीलाई सचेत बनाइएको उनको भनाइ छ। अब घर धनी आफैले भत्काउनु पर्ने आयोजना प्रवक्ता श्रेष्ठले बताए। घर धनीले नभत्काएमा आफूहरूले नै डोजर प्रयोग गरेर भत्काउन बाध्य हुने उनले बताए।

चाबहिलदेखि साँखुको सडकलाई २२ मिटर चौडा गर्ने गरी २०७२ सालदेखि काम सुरु गरिए पनि घरजग्गा क्षतिपूर्ति विवादका कारण उक्त सडक खण्डको विस्तार र कालोपत्रे अझैपनि हुन सकेको छैन। क्षतिपूर्ति लिइसक्दा पनि घर नभत्काउँदा डोज प्रयोग गरेकाले अब काम सञ्चालनमा सहज हुने आयोजनाको भनाइ छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक क्षेत्रका घर भत्काइ विस्तार गर्नुपर्न सडक पूर्णरूपमा खाली गरेसकेपछि विस्तार र कालोपत्रेको काम सुरु गरिने उनले प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: ७ चैत्र २०७६ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App