१३ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वास्थ्यमन्त्री अख्तियारमा

टेरामक्स खरिद प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगी बयान दिएका छन्।

भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता

यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।

छानबिनका नाममा छलछाम

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर्‍याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर्‍यो।

अख्तियारले थाल्यो छानबिन

‘ट्रायल’ नै नदिईकन बिचौलियामार्फत रकम लिएर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदान गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

सात महानिर्देशक अनुसन्धानको घेरामा

आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ‘त्यसमा के भएको हो, सबै विवरण पठाउनू’ भन्दै चासो राखेको हो।

भेपको भ्रम

खासगरी प्रविधि अंगाल्ने नाउँमा यसको दुरूपयोग हुँदा र अंगाल्न नजान्दा प्रविधि र यसका उत्पादन/सहउत्पादन आत्मघाती सावित भइरहेका छन्। जसको चपेटामा युवा वर्ग बढी परेका छन्।

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।

‘उपभोक्ता समितिबाट काम नगराउनू’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुलुकको भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहिताका लागि तत्कालै कानुन सच्याउनुपर्नेमा जोड दिएको छ।

पल शाहको मुद्दामा सर्वोच्चको ठहर, ‘पीडितले बकपत्र फेर्दैमा आपराधिक दायित्वबाट उम्कन मिल्दैन’

‘पीडितले प्रतिकूल बकपत्र गर्‍यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने’ ठहर सर्वोच्च अदाललते पाँच वर्षअघि गरेको हो।

जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध मुद्दा दायर गरेको छ।

टेरामक्स प्रकरणमा अख्तियारसँगै लेखाको चासो

टेरामक्स खरिद प्रकरणमा आर्थिक अपचलन भएको उजुरीका आधारमा अख्तियारले त्यसमा मुछिएका व्यक्तिहरूसँग बयान लिएपछि संसद्को लेखा समितिले पनि राज्य कोषको चरम दुरूपयोग भएको भन्दै चासो राखेको हो।

भ्रष्टाचार मुद्दा दायर

रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजस्व अधिकृतविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ।

अख्तियारको प्रश्न: ‘पुरानै सभाहल सञ्चालन नभएका बेला नयाँ किन ?’

करोडौं खर्च गरेर धमाधम बनीरहेका सभाहलको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले चासो र प्रश्न गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्