१२ आश्विन २०८१ शनिबार
image/svg+xml

अपराधीलाई संरक्षण गर्ने श्रेष्ठलाई पदमुक्त गर्न माग

जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई रिहा गराउन प्रहरी कार्यलय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई राज्य शक्ति दुरुपयोग गरेको जनाउँदै संगठनले श्रेष्ठलाई पदमुक्त गरि पिडितलाई न्याय दिन जोडदार माग गरेको हो।

अपराधीको संगठित जालोः वारि अपराध पारि 'सेल्टर'

आपराधिक घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा पनि अपराधी सीमा काटिसकेको हुन्छ। सीमा पार गरेपछि भारतीय प्रहरीको अनुमतिबेगर खोजबिन गर्न नपाइने भएकाले उसलाई लुक्न सजिलो हुन्छ। उता अपराधी निर्धक्क घुमफिर गरे पनि पक्राउ गर्न मिल्दैन।

भागरथी हत्या प्रकरणः अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन। प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा अनुसन्धान जारी छ। प्रहरी अनुसन्धान लम्बिँदै जाँदा स्थानीय भने अपराधी उम्कन सक्ने भन्दै चिन्तित बनेका छन्।

बढ्दो बलात्कार ग्राफ: उन्मुक्तिले अपराधीको मनोबल बढायो

दोषीले विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वत्र बलात्कार घटना बढिरहेका छन् । अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैनन् । भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा टुंग्याइदिन्छन् ।

कर्तब्य ज्यान मुद्दाका दुई अपराधी पक्राउ

धादिङ प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई फरार अपराधीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्र्तगत मंगलबार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो।

गृहयुद्धका अपराधीलाई सजाय दिने कानुनलाई अनुमोदन

एल साल्भाडोरको कंग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानुनलाई अनुमोदन गरेको छ।

अपराधीलाई उन्मुक्ति दिनु हुन्न : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताएका छन्। रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने अपराधीलाई उन्मुक्ति दिन नहुने बताए।

सीमामा आतंक मचाउने भारतीय अपराधीलाई गोली हानी पक्राउ

रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच मंगलबार राति दोहोरो गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। जिल्लाको इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा भारत मोतिहारी जतौलिया ग्राम पन्चायत वडा नं. ४ का २५ वर्षिय शेख चाँद अली घाइते भएका हुन्। उनको दाहिने खुट्टामा गोली लागेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन्।

फाँसी अगाडी अन्तिम इच्क्षा सोध्दा अपराधी चुपचाप

निर्भया केसका चार दोषीहरुलाई १ फरवरी अर्थात माघ १८ गतेका दिन बिहान ८ बजे फाँसी दिनका लागि डेथ वांरेन्ट जारी भइसकेको छ। तर पनि ती चारै जना अपराधीहरु अक्षय ठाकुर, मुकेश सिंह, विनय शर्मा र पवन गुप्ताले त्यस दिन फाँसी हुँदैन भन्ने सोचिरहेका छन्। त्यसैले उनीहरुले अझैसम्म आफूले भेट्न चाहेको मान्छेका नाम भनिरहेका छैनन्।

कुख्यात अपराधी ‘साइला’ पक्राउ

ज्यानसम्बन्धी कसूरमा मुद्दा खेपिरहेका धादिङ खनियाबासका साइला भन्ने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन्।

कहिले खुल्ला चेत कांग्रेसको ?

आलम प्रकरणमा १२ वर्ष पुरानो घटनाको अनुसन्धान निष्पक्ष नहुने विचार राखेर कांग्रेस संक्रमणकालीन न्यायसमेत फासफुस पार्ने रणनीतिमा लागेको देखिन्छ।

प्रहरी भन्छ– नयाँ संहितापछि धेरै अपराधी समातिए

तीन वर्षयताको तथ्यांकले काठमाडौं उपत्यकामा १० प्रतिशतभन्दा बढीले अपराध वृद्धि भएको देखाएको छ। प्रहरीको वर्गीकरणअनुसार सबैभन्दा बढी आपराधिक क्रियाकलाप सामाजिक, महिला तथा बालबालिका र सवारीसम्बन्धी छन्।

नेपाल विदेशी अपराधीको क्रिडास्थल बन्दैन : आइजीपी खनाल (भिडियो)

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताए।

सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ। बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

न्याय तुहाउने अपराधीलाई फाँसी

शृंखलाबद्ध हत्या र बलात्कारको अभियोगमा दोषी ठहरिएका चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशका ५६ वर्षीय चाहो चिहोङलाई मृत्युदण्ड दिइएको छ। ६ जनाको हत्या र १० महिलासहित दुईजना १४ वर्षमुनिका बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका चाहोलाई मंगलबार बिहान मृत्युदण्ड दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्