१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फाँसी अगाडी अन्तिम इच्क्षा सोध्दा अपराधी चुपचाप

निर्भया केसका चार दोषीहरुलाई १ फरवरी अर्थात माघ १८ गतेका दिन बिहान ८ बजे फाँसी दिनका लागि डेथ वांरेन्ट जारी भइसकेको छ। तर पनि ती चारै जना अपराधीहरु अक्षय ठाकुर, मुकेश सिंह, विनय शर्मा र पवन गुप्ताले त्यस दिन फाँसी हुँदैन भन्ने सोचिरहेका छन्। त्यसैले उनीहरुले अझैसम्म आफूले भेट्न चाहेको मान्छेका नाम भनिरहेका छैनन्।  

निर्भयाको दोषीलाई फाँसी दिन मृत्यु वारेन्ट जारी भएदेखि जनातहरूमा कोलाहल र आक्रोश उत्पन्न भएको छ। जती आक्रोशमा जनता छन् त्यति नै चुपचाप छन् अपराधीहरु।

तिहाड जेलको फाँसी घरबाट अपराधीहरुलाई मृत्यु वांरेन्ट सुनाइरहँदा अपराधीहरु चुपचाप बसेका छन्। यसको पछाडी ती हत्याराहरुको रणनितीक खेल के हुन सक्छ ? यो प्रश्नको उत्तर उनीहरुसँगै छ। हालसम्म तिहाड प्रशासनले सोधे पनि चार जनामध्ये कसैले पनि आफ्नो अन्तिम इच्छा भनेका छैनन्।

तिहाड जेलका महानिर्देशक संदीप गोयलले एजेन्सीसँग भने जेल प्रशासनले मृत्यु वांरेन्ट दिएसँगै चार जना अपराधीलाई जेलमा कसलाई भेट्न चाहाने र अन्तिम इच्छा के छ, भनेर सोधेका थिए। तर अहिलेसम्म कुनै अपराधीले केही जवाफ दिएका छैनन्। मृत्युदण्डको वांरेन्ट हुनु भन्दाअघि चारै जनाले कसलाई कुन समयमा भेट्न चाहन्छन्। उक्त व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर लिखित रूपमा जेल प्रशासनलाई दिए अन्तिम समयमा व्यवस्थापन गर्न सहज हुन्छ।

कारागारका महानिर्देशकका अनुसार नियमअनुसार नै दोस्रो कुरा ती चारैजनालाई सोधियो कि उनीहरूको चलअचल सम्पत्ति आफ्नो आफन्त, विश्वास गरेको व्यक्ति कसैलाई हस्तान्तरण गर्नुपर्ने छ ? र यदि यो अवस्था छ भने सम्बन्धित व्यक्ति र सम्बन्धित व्यक्तिको नाम जेल कारागारमा उपलब्ध गराउनु पर्नेछ भनेको थियो। बिहीबारदेखि चार जना अपराधीले कुनै प्रश्नको उत्तर दिएका छैनन्। उनीहरुको जवाफ पाएपछि जेल प्रशासनले सोही बमोजिम प्रक्रिया सुरु गर्नेछ।

तिहाड कारागारकै अर्का अधिकारीले भने, चारैजना दोषीले अझै केही जवाफ दिएका छैनन्। उनीहरुले चाहेको भए जेलमा अन्य कैदीहरू जस्तै हप्ताको दुई दिन परिवारका सदस्यहरूसँग भेट्न पाउने थिए। उनीहरूले जेलमा अन्तिम पटक जेल सजाय लिनुअघि कुनै सदस्यलाई भेट्नु पर्ने थियो यो कुरा अहिले पेन्डिङ अवस्थामा छ। अपराधीले फाँसीको अघिल्लो दिनसम्म पनि दुवै प्रश्नको उचित उत्तर दिएनन् भने जेल प्रशासनले उनीहरुले कसैसँग पनि केही नभनेको कुरा स्वीकार गर्ने बताए। एजेन्सी

१६ डिसेम्बर २०१२ मा नयाँ दिल्लीमा मेडिकल पढिरहेकी युवती निर्भयाको गुडिरहेको गााडीमा चार जनाले बलात्कार पछि हत्या गरेका थिए। सामूहिक बलात्कार तथा हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले उनीहरुलाई फाँसी दिन आदेश जारी गरेको थियो। एजेन्सी

प्रकाशित: १० माघ २०७६ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App