२६ आश्विन २०८१ शनिबार
image/svg+xml

महानगरले विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

‘अब विभागले कमहानगरका ८६ सामुदायिक विद्यालयहरुलाई मंगलबार पत्रचार गर्ने तयार गरेको छ,’ सुवेदीले नागरिकसँग भने ‘बालबालिकाले सिकेका ज्ञान र सिपलाई उनीहरुले घरपरिवार, समाज र समुदायमै छिटो र प्रभावकारी रुपमा सूचना प्रभावह हुन्छ।’

विकास, समृद्धि र राष्ट्रियताका लागि राप्रपाले जित्नुपर्छः कुन्ती पोखरेल

घरदैलोको क्रममा भेटिएका स्थानीय मतदाताहरुले हार जित जे भएपनि राप्रपालाई भोट हाल्ने प्रतिबद्धता जनाएका थिए। पुरानोलाई धेरै हेरिएको भन्दै यसपटक नयाँ उम्मेदवारलाई जिताएर हेर्ने उनीहरुको कुरा थियो। त्यस्तै क्षेत्र नं. २ मा राप्रपाको घरदैलो जारी छ।

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएका छन्।

उद्योगीहरुद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण जिल्ला-नगर र वस्तुगत उद्योग वाणिज्य संघहरुले संयुक्त रुपमा विभिन्न राजधानीमा शुक्रबार प्रदर्शन गरी बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ प्रतिशतभित्र रही जोखिमका आधारमा आधारदरमा बढीमा २ प्रतिशत मात्र लिन पाइने व्यवस्था गर्न माग राखे।

प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौँमा हुने

‘सबल प्रवासी, समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको अधिवेशनमा ४० देशका ३ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ।

प्रकाशमान र रवीन्द्रको पारिवारिक टकराव

तर संविधानसभाबाट नयाँ संविधान जारीपछि २०७४ सालमा भएको पहिलो आमनिर्वाचनमा भने सिंहलाई आफ्नो पक्षमा परिणाम ल्याउन निकै कसरत गर्नुपर्‍यो। उनलाई पूूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रले चुनौती दिएका थिए ।

माओवादीको संकल्पः बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ।

नेकपा एसका काठमाडौँ जिल्ला कमिटी सदस्य श्रेष्ठसहित ६ जना एमालेमै फर्किए

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गरे। राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाइ एमालेलाई साथ दिइ देशकाे अभियानमा लाग्न उनले आग्रह गरे।

पशुपति गौरीघाटमा छठ पर्वको तयारी हुँदै (फाेटाेफिचर)

सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ। भोली छठ पर्वको मुख्य दिन हो। यस अवसरमा छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।

काठमाडौँको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

छठ पर्वको मुख्य दिन भोली (आइतबार) छठी माईको पूजाका लागि काठमाडौँको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो।

छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरलाई आग्रह

‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं। खोली दिए धेरै राम्रो हुन्थ्यो। असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौं।’

चर्को गाडी भाडा उठाउँदै काठमाडौं-बेँसीसहरका माइक्रोबस

केही सवारी साधनहरु कारबाहीमा परेपछि लमजुङका काठमाडौं बेँसीसहर चल्ने माइक्रो बसहरुले कारबाहीबाट बच्नका लागि यात्रुहरु झर्ने बेलामा मात्र हजार हजार गाडी भाडा उठाउन थाले। 'पहिल्यै भाडा उठाएको भए चेकिङ हुन्छ र कारबाहीमा परिन्छ भन्ने डरले हामी सबैसँग झर्ने बेलामा मात्र हजाररहजारका दरले गाडी भाडा उठाइयो।' एक यात्रुले भने।

माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राप्रपाका देवेन्द्र प्रधानसँग निर्वाचन बहस

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानसँग निर्वाचन बहस।

बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेलाई भाइटीका लगाइँदै

दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्।

हरिवंश आचार्यको घरमा बालेनको देउसी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्