५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

महानगरले विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

बालबालिका सूचनाका प्रमुख बाहक रहेको ठहर गर्दै काठमाडौँ महानगर पालिकाले ट्राफिक नियमको पूर्णरुपमा पालना गराउन विद्यालय स्तरबाटै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।

अगामी सातादेखि महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीबाट ट्राफिक सचेतना कार्यक्रम थालनी गर्ने तय भएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जनाए। सोमबार महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक मीरा चौधरीसहित अन्य अधिकारीको टोलिसहितको बैठक बसेको थियो।

केही दिनअघि मात्र पर्यटन सचिवका पिए सिंहदरबारको पूर्वीगेटबाट बाहिरिँदै गर्दा मोटरबाइकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको विषयले हाल पनि काठमाडौँमा ट्राफिक सचेतनाको कमी रहेको औल्याउँदै बैठकले ट्राफिक नियमबारे प्रभावकारी रुपमा सचेतना फैलाउन बालबालिकानै मुख्य आधार भएको ठहर गर्दै विद्यालयबाटै सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

शिक्षा विभाग प्रमुख सुवेदीका अनुसार विद्यार्थीलाई विहानको प्राथनाको समयमै ३० मिनेटको सचेतना कार्यक्रम कक्षा सञ्चालन गर्ने तय गरिएको छ। ‘अब विभागले कमहानगरका ८६ सामुदायिक विद्यालयहरुलाई मंगलबार पत्रचार गर्ने तयार गरेको छ,’ सुवेदीले नागरिकसँग भने ‘बालबालिकाले सिकेका ज्ञान र सिपलाई उनीहरुले घरपरिवार, समाज र समुदायमै छिटो र प्रभावकारी रुपमा सूचना प्रभावह हुन्छ।’

उनले थपे, ‘विद्यार्थीले विद्यालयमा सिकेका ट्राफिक नियमबारे ब्यवहारिक ज्ञान हासिल गर्न सडकमै गएर प्राटिक्ल पनि गर्छन्। सचेतना कार्यक्रमको पहिलो चरणमा सामुदायिक विद्यालयहरुमा कक्षा सञ्चालन हुनेछन्। प्रार्थाना हुने समयमा सबैका लागि पहिलो कक्षा चलाइनेछ। त्यसपछि रुची र उमेरका आधारमा ठूला कक्षाका विद्यार्थीलाई ट्राफिक स्वयम्सेवक सम्बन्धी शिक्षा र ज्ञान दिइनेछ। यसरी सैद्धान्तिक कक्षा लिइसकेका विद्यार्थीहरुलाई स्वयमसेवकका रुपमा सडकमा प्रयोगात्मक सीप सिकाइनेछ।’

सामुदायिक विद्यालयबाट सुरु भएको कार्यक्रम संस्थागत विद्यालयहरुमा विस्तार गरिने लक्ष्य राखिएको उनले जनाए। उपमेयर डंगोलले ट्राफिक सचेतना कार्यक्रम सबैको लागि उत्तिकै आवश्यक रहेको बताउँदै उनले विद्यार्थीलाई सानै उमेदरदेखि सतर्क बनाउन पनि विद्यालयमा सचेतना कार्यक्रम आवश्यक रहेको जनाइन्।

‘विद्यालयमा विद्यार्थीहरुलाई जीवन उपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत् उनीहरुको चौतर्फी विकासका काम अगाडि बढीरहेको छ, उपप्रमुख डंगोलले भनिन् ‘विद्यार्थीहरुले पाएको ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुनेछ। विद्यार्थी सूचनाका संवाहक हुन्। उनीहरुबाट छिटै परिवर्तन ल्याउन सकिन्छ।’ प्रहरी नायब महानिरीक्षक चौधरीले ट्राफिक कार्यालयमा सचेतना सम्बन्धी कोर्ष तयार रहेको र बालबालिकाको लागि निकै उपयोग हुने विश्वास व्यक्त गरिन्।

‘विद्यालयमा सञ्चालन गरिने सचेतना कार्यक्रममा लेन, आकाशे पुल, बत्ती, संकेतलगाएतका ट्राफिक नियम समबन्धी सबै जानाकारी गराइन्छ,’ प्रहरी नायब महानिरीक्षक चौधरीले भनिन् ‘यसले काठमाडौँको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव देखिनेछन्। ’महानगरसँग नतिजामुलक सहकार्यको थालनी भएको छ।’

प्रकाशित: २२ कार्तिक २०७९ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App