२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौँको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

काठमाडौँको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ।

छठ पर्वको मुख्य दिन भोली (आइतबार) छठी माईको पूजाका लागि काठमाडौँको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो।

कुपन्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतिसकुमार झाले बताए। उनले सो ठाउँमा छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी समेत दिए।

काठमाडौँको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ। सोही अनुसार कमल पोखरीमा पनि छठ पर्वको तयारीको काम अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए। उनका अनुसार सो तयारीका लागि काठमाडौँ महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ।

कमल पोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ। सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ। आइतबार (भोली) छठ पर्वको मुख्य दिन हो। यस अवसरमा छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ। 

प्रकाशित: १२ कार्तिक २०७९ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App