१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भलिबलको लागि आवासीय कभर्ड हल बनाउछौँः मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन्।

शनिबारबाट काठमाडौंमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताए।

उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए।

नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउँदै उनले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौती रहेको जिकिर गरे।

‘भलिबलको एकदम सम्भावना भएकाे, अझ हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो। राष्ट्रिय गेम भएपनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसाबले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौती भएको छ। यही बजेटमा पनि, यही नीति तथा कार्यक्रममा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरूले सकेका छैनौँ। यही पाली भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ की भन्नेमा आशावादी छु।’

मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताए।

प्रकाशित: १९ जेष्ठ २०८१ १७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App