७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा एसका काठमाडौँ जिल्ला कमिटी सदस्य श्रेष्ठसहित ६ जना एमालेमै फर्किए

नेकपा (एकीकृत समाजवादी)का काठमाडौँ जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित ६ जना नेकपा एमालेमै फर्किएका छन्।

सोमबार बसुन्धारामा एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमै फर्किएका हुन्। उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गरे।

एमाले प्रवेश गरेका श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै भिजन नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताए। श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ को युवा परिचालनको सचिव भएर काम गरेका थिए। यस पटक पनि एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उनले बताए।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गरे। राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाइ एमालेलाई साथ दिइ देशकाे अभियानमा लाग्न उनले आग्रह गरे। 

प्रकाशित: १४ कार्तिक २०७९ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App