१९ असार २०८१ बुधबार
image/svg+xml
प्रवास

प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौँमा हुने

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौँमा हुने भएको छ। कमिटीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औंपचारिक जानकारी गराएको हो।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्ने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए।

‘सबल प्रवासी, समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको अधिवेशनमा ४० देशका ३ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। 

प्रकाशित: १६ कार्तिक २०७९ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App