३ असार २०८१ सोमबार
image/svg+xml

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार

अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।

यी हुन् शंकास्पद र नक्कली लाइसेन्स जारी गर्ने पूर्व महानिर्देशकहरू...

यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक रूपनारायण भट्टराईको कार्यकालमा नक्कली र शङ्कास्पद सवारी चालक अनुमति पत्र (लाइसेन्स) सबैभन्दा बढी जारी भएको पाइएको छ।

छानबिनका नाममा छलछाम

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर्‍याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर्‍यो।

शीर्ष नेताको चक्रव्यूहमा संक्रमणकालीन न्याय: राजनीतिक नाफाघाटामा बित्यो १८ वर्ष

२०६३ सालयता हरेक सरकारले बारम्बार संक्रमणकालीन न्यायलाई टुंगोमा पुयाउने भन्दै आए पनि त्यसले अहिलेसम्म सार्थक रूप धारण गर्न सकेको छैन। संक्रमणकालीन न्याय सम्बन्धमा दलका शीर्ष नेताहरूको वाचा पनि भुटो साबित भएको छ।

माघ ३ः मधेसले पहिचान पाएको दिन

२०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए। गत पुस २९ गते मधेस सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ।

‘संक्रमणकालीन न्याय निरूपणमा विलम्ब’

सशस्त्र द्वन्द्वको बेला भएका मानवाधिकार उल्लंघनका घटनाको न्यायिक निरूपणका लागि नेपालमा केही प्रयास गरिए पनि अपेक्षित प्रगति नभएको ह्युमन राइट्स वाचले जनाएको छ।

अख्तियारले थाल्यो छानबिन

‘ट्रायल’ नै नदिईकन बिचौलियामार्फत रकम लिएर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदान गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

आज चार वटा संसदीय समितिको बैठक, यस्ता छन् मुद्दा

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिले तयार गरेको प्रतिवेदन छलफल हुने बताइएको छ।

सात महानिर्देशक अनुसन्धानको घेरामा

आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ‘त्यसमा के भएको हो, सबै विवरण पठाउनू’ भन्दै चासो राखेको हो।

निर्मम भएर भ्रष्टाचारीलाई कारबाही गर्न सचिव खनालको माग

नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणि खनाल (बलदेव)ले गठबन्धन सरकारले भ्रष्टाचारीलाई निर्मम भएर कारबाही गर्न सुझाएका छन्।वर्तमान गठबन्धन सरकार अझ मजबुत भएर अघि बढ्नुपर्ने बताउँदै सचिव खनालले भ्रष्टाचारको विषयमा योभन्दा निर्मम बनेर अघि बढ्न सुझाएका हुन्।

मंसिरमा मात्रै श्रम स्वीकृति लिने ७१ हजार

देशभित्र रोजगारीको सम्भावना नदेखेपछि विदेश जान चाहने युवाको संख्या निरन्तर उकालो लागेको छ।

निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजान छैन सहज

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका लागि रहेको विद्यालय शिक्षा विधेयक २०८० माथि निजी लगानीका संस्थागत विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्नेसहितको प्रस्ताव विधेयकको मुख्य चुनौती रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्