१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यी हुन् शंकास्पद र नक्कली लाइसेन्स जारी गर्ने पूर्व महानिर्देशकहरू...

कसको पालामा कति?

यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक रूपनारायण भट्टराईको कार्यकालमा नक्कली र शङ्कास्पद सवारी चालक अनुमति पत्र (लाइसेन्स) सबैभन्दा बढी जारी भएको पाइएको छ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टम प्रणालीमा शङ्कास्पद रूपमा भण्डारण भएका तथ्याङकहरूको छानविन गर्न गठित समितिले यसको पुष्टि गरेको छ। समितिले यस्ता लाइसेन्स जारी गर्ने १० जना पूर्व महानिर्देशकहरूको नामावली समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

समितिको प्रतिवेदन अनुसार पूर्व महानिर्देशक भट्टराईका पालामा नक्कली र शङ्कास्पद गरी ३१ हजार ६ सय ६२ वटा लाइसेन्स जारी भएको पाइएको हो। भट्टराई २०७३ फागुन २१ गतेदेखि २०७५ जेठ ११ गतेसम्म विभागमा महानिर्देशकका रूपमा कार्यरत थिए।

नागरिक न्युजलाई प्राप्त समितिको प्रतिवेदन अनुसार अरू थप ९ जना पूर्व महानिर्देशकहरूले पनि यसैगरी नक्कली र शङ्कास्पद लाइसेन्स जारी गरेको पाइएको छ।

यस्ता लाइसेन्स जारी गर्ने पहिलो महानिर्देशकमा भट्टराई परेका छ भने दोस्रो र तेस्रोमा क्रमशः गोगनबहादुर हमाल र नमराज घिमिरे छन्। यी महानिर्देशकको पालामा क्रमशः १० हजार ५ सय ३५ र ८ हजार २ सय लाइसेन्स जारी भएका छन्।  

पूर्व महानिर्देशक हमाल ०७६ मंसिर ९ गतेदेखि ०७७ फागुन २० सम्म र घिमिरे ०७७ चैत २ गतेदेखि ०७९ असार १९ गतेसम्म विभागमा महानिर्देशकका रूपमा कार्यरत थिए।

यसैगरी पूर्व महानिर्देशक लावन्यकुमार ढकालको कार्यकालमा ७ हजार ३ सय ९४ र कुमारप्रसाद दाहालको पालामा ३ हजार ५ सय ४९ वटा शङ्कास्पद र नक्कली लाइसेन्स जारी भएका छन्।

ढकाल २०७५ साउन १४ गतेदेखि २०७५ फागुन २१ सम्म विभागमा कार्यरत थिए भने अर्का पूर्व महानिर्देशक दाहाल २०७५ फागुन २७ गतेदेखि २०७६ साउन २६ गतेसम्म विभागमा कार्यरत थिए।

यसैगरी पूर्व महानिर्देशकहरू चन्द्रमान श्रेष्ठ, तुलसीनाथ गौतम, टोकराज पाण्डे, नारायणप्रसाद भट्टराई र सुरेश राउतको कार्यकालमा क्रमशः १४५९, ११३६, १०८४, ६९७ र ३५० शङ्कास्पद तथा नक्कली लाइसेन्स जारी भएको पाइएको छ।

प्रकाशित: ८ माघ २०८० ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App