१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आज चार वटा संसदीय समितिको बैठक, यस्ता छन् मुद्दा

फाइल तस्बिर

आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन्। यी बैठकहरू बिहान ८ बजेदेखि २ बजेसम्म बस्ने भएका हुन्।

सबैभन्दा पहिले कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ८ बजे बस्दैछ। बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिले तयार गरेको प्रतिवेदन छलफल हुने बताइएको छ।

यसैगरी बिहान ११ बजे सुरु हुने भनिएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जानकारी दिइएको छ।

यसैगरी  दिउँसो २ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।

यसैगरी दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा श्रमिकको हित विपरीत हुनेगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा विभागीय मन्त्री शरतसिंह भण्डारीसँग नीतिगत छलफल हुने भएको छ।

प्रकाशित: २६ पुस २०८० ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App