७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

‘ओली रायमाझी भन्दा ठूला र खतरनाक प्रतिगमनकारी’

नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल समूह) का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र नै विर्सजन गर्न खोजेको आरोप लगाएका छन्।

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन्। उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए।

अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’

नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित जनसभामा अध्यक्षद्वयले ओली भष्मासुर भएको र त्यस्ता व्यक्तिलाई सामान्य रुपको माफीले नपुग्ने बताएका हुन् ।

वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रहित हुने सम्पन्न हुने बताएका छन्।

कांग्रेस केपीको प्रतिपक्ष, जोगिएलान मुख्यमन्त्री शंकर?

केहि दिन अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका सभापति देउबाले आँफै यो अभ्यासको थालनी गरिसकेका छन् । कांग्रेसको यो प्रयास पश्चात अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको मुख्यमन्त्री पद पनि जोखिम उन्मुख बन्दै गएको छ ।

संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्‍यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन्।

पार्टीभित्र प्रश्न उठ्दा हामीले पद छोडेका उदाहरण छन्ः नेपाल

‘पार्टी र संसदले पत्याउने अवस्था आएपछि हामी (प्रचण्ड–माधव)लाई पदको लोभी देखाएर संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने काम भयो,’ शुक्रबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’

ओली यति धेरै तानाशाही छन्, त्यति त पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि थिएनन्ः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मकै ठूला तानाशाह भएको आरोप लगाएका छन् । टीकापुरमा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर ओली तानाशाहका रूपमा उदाएको बताए । उनले भने, ‘पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन् ।’

‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्।

ओलीसँग एकता हुँदैनः जनार्दन शर्मा

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताका सुत्रधार मानिएका जनार्दन शर्माले माधव–प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली समूहबीच अब एकता नहुने बताएका छन्। प्रधानमन्त्री ओली राष्ट्रघाती र जनघाती भएकाले त्यस्तासँग एकता नहुने बताएका हुन्।

सांसद किनबेचको खेल सुरु भएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्‍यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्।

पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमा पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाएका छन्।

ओलीको ‘स्याटेलाइट’ कांग्रेस नेतृत्व

प्रधानमन्त्री ओलीको शासनका एक भाग्यमानी हुन् नेपाली काँग्रेसका सभापति जसको नेतृत्वको काँग्रेस कहिले माओवादीको वैशाखी टेक्न र उसको कृपापात्र हुन खोज्छ । हाल प्रधानमन्त्री के.पी. ओलीको ‘स्याटेलाइट पार्टी’ बन्नुलाई सहजरूपमा अंगीकार गरिरहेको आभास हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्