coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘ओली रायमाझी भन्दा ठूला र खतरनाक प्रतिगमनकारी’

नेपाल कम्युुनिस्ट पार्टी (दाहाल–नेपाल समूह) का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र नै विर्सजन गर्न खोजेको आरोप लगाएका छन्। नेकपा प्रचण्ड–माधव समूहको लुम्बिनी प्रदेश इन्चार्ज रहेका ज्ञवालीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्र मासेर ओली आफैँ राजा बन्न खोजेको आरोप लगाएका हुन्।  

शनिबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले ओलीलाई राजा महेन्द्रको ‘कु’ सँगै राजासँग मिल्न जाने पुराना कम्युनिस्ट नेता केशरजंग रायमाझीसँग तुलना गर्दै भने,‘केशरजंगले राजाबाट ‘कु’ गराएर लोकतन्त्र राजालाई सुम्पेका थिए, ओलीले संविधानमाथि ‘कु’ गररेर आफैं राजा बन्न खोज्दैछन्।’ ओली रायमाझी भन्दा ठूला र खतरनाक प्रतिगमनकारी भएको टिप्पणी उनले गरे। कम्युनिस्टको खोल ओडेर कम्युनिस्ट पार्टीलाई नै सिध्याउन लाग्ने ओली कम्युनिस्ट हुनै नसक्ने भन्दै उनले अहिले ओली पक्षमा देखिएका नेता आफ्नो पार्टीमा आउने दाबी गरे।  

ओलीले खत्तम पार्न लागेको व्यवस्था, देश र पार्टी बचाउन आफूहरू सडकमा आउन बाध्य भएको भन्दै उनले ओली र ओली प्रवृत्तिलाई विफल बनाएरै छोड्ने बताए। प्रदेश इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक बुटवलमा पत्रकार सम्मेलन गर्दै ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना हुने र चुनाव चिह्न आफूहरूले पाउने बताए। ज्ञवालीले अदालतलाई संविधान व्याख्या गर्ने अधिकार भए पनि संशोधन गर्ने अधिकार नभएको टिप्पणी गरे।  

नेकपाको दाहाल–नेपाल समूहले माघ १५ गते बुटवलमा विरोधसभा गर्दैछ। विरोधसभामा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।

प्रकाशित: ११ माघ २०७७ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App