६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘कोभिड, जलवायु र द्वन्द्वका कारण विश्व खराब अवस्थामा’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेसले विश्वका अगाडि तीन प्रमुख चुनौती रहेको बताएका छन् । दक्षिण अफ्रिकासहित विश्वका अधिकांश देशमा कोरोना खोपको अभाव, विश्वको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने चुनौती र धनी राष्ट्रको हितमा रहेको विश्वको वित्तीय व्यवस्थाको विषयलाई सम्बोधन गर्न आफू लागि पर्ने उनले बताए ।

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। उनकाअनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्।

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो। सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए। सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो।

मन्त्रीनिवासमा पनि छिर्‍यो भाइरस

शाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले समुदायमा अहिले रिपोर्टमा आएका भन्दा बढी संक्रमित रहेको र उनीहरूको निःशुल्क परीक्षणको व्यवस्था नहुँदा उनीहरूले कोरोना फैलाइरहेको बताए।

संकटको कोरोना समय

अहिलेको गम्भीर परिस्थितिबाट बाहिर निस्कन आमनागरिक र सरकारको गम्भीर प्रतिकार्य आवश्यक छ। अहिलेको संकटबाट पार हुन सकियो भनेमात्र आगामी चुनौतीका निम्ति हामी तत्पर हुन सक्नेछौँ।

परीक्षा स्थगित भए पनि शुक्रबार र शनिबारको त्रिवि परीक्षा हुने

हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ। काठमाडौं विश्वविद्यालयको एमबिबिएसका परीक्षाहरू भने फागुनमा हुने तय भएको छ।

कोरोनाको सकसः पर्यटन क्षेत्रमा मजदुर व्यवस्थापन सधैंको पिरलो

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्र पछिल्लो छ महिनादेखि खुला थियो। व्यवसाय मात्र खुलेको थिएन की पाहुना आउँदा व्यवसायीले आम्दानी पनि गर्न पाएका थिए भने मजदुरले काम पाएका थिए। पर्यटन क्षेत्रमा निर्भर हजारौं मजदुर काममा फर्केका थिए। तर, कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनले सबैतिर त्रसित बनाएपछि पर्यटन क्षेत्र फेरि छ महिना अघिकै अवस्थामा फर्किने चिन्ता व्यवसायीमा पलाएको छ।

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

कोरोना बिमाको साढे ११ अर्ब भुक्तानी बाँकी

कोरोना बिमाको भुक्तानी नपाउँदा राजन मात्र होइन, उनीजस्ता एक लाखभन्दा बढी बिमित निराश छन्। सर्वसाधारणसँग रकम उठाएर बिमा गरे पनि त्यस्ता बिमितको भुक्तानी दिलाउन बिमा कम्पनी, बिमा समिति र अर्थ मन्त्रालयबीच द्वन्द्व चलिरहेको छ।

सर्वोच्चले पनि सेवा खुम्चायो

संक्रमणका कारण अदालतमा सबै जनशक्ति उपस्थित हुन नसक्दा सेवाग्राहीलाई मर्का पर्ने भएकाले सेवा खुम्चाउनुपरेको प्रशासनको भनाइ छ।

चिसोले बिरामी पारेको भन्दै संक्रमित घरैमा

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले सर्वत्र त्रास बढाएको छ। गण्डकी प्रदेशको मुकाम पोखरामा पनि पछिल्लो समय कोरोना संक्रमण तिब्र छ। गण्डकी प्रदेशका सबैजसो जिल्लामा अहिले संक्रमण बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । शून्यमा झरेको संक्रमण अहिले धमाधम उकालो लागिरहेको निर्देशनालयले बताएको छ।

हक्की टोली वीरगन्जतर्फ

वीरगन्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाइ गरिएको छ।

स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित

टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ।

मोरङमा कोरोना संक्रमण तीव्र, प्रशासनको निर्देशन अवज्ञा

मोरङमा दैनिक कोरोना संक्रमितको संख्या तीव्र रुपले बढी रहेको छ। आइतबार १ सय ६६ संक्रमित फेला परेकोमा सोमबार २ सय २७ जना संक्रमित फेला परेका परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्