वीरगन्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाइ गरिएको छ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले खादा लगाई बिदाइ गरे।
कोरोना महामारीकै बीचमा १८ सदस्यीय टोली सोमबार वीरगन्ज प्रस्थान गरेको हो। टोलीमा नानु गुरुङ (कप्तान), कमला पुन, सविना पुन, सोनु बराल, शिल्पा चौधरी, मनिला मगर, प्रीति मगर, लक्ष्मी गुरुङ, पूजा पुन, अंकिता अधिकारी, दीपशिखा पौडेल, सृजना नेपाली, सुमिना सुनार, प्रेमा परियार, समीक्षा पुन छन्। टिम प्रशिक्षकमा राजन नेपाली र टिम व्यवस्थापकमा सुजन मगर छन्।
प्रकाशित: ४ माघ २०७८ ०२:२३ मंगलबार