८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए। अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना कार्यालय सहयोगी गरी ३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

अस्पताल प्रशासनले मकवानपुरमा कोरोना सङ्क्रमण बढी रहेकाले अत्यावश्यक भए मात्र अस्पतालमा उपचारका लागि आउन अनुरोध गरेको छ।

प्रकाशित: ५ माघ २०७८ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App