५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा घट्दै कोरोना संक्रमण

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ। हिजो सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १६ हजार ४६४ जना सङ्क्रमित भएका थिए। देशभर एक लाख ३९ हजार सात सय ९२ सक्रिय सङ्क्रमित छन्।

कोरोना संक्रमण दर उकालोतिर

नेपालमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पछिल्लो २४ घण्टामा अर्थात् सोमबार परीक्षण गरिएकामध्ये १५.४ प्रतिशतमा संक्रमण देखिएको छ।

साउन लागेसँगै कर्णालीमा बढ्न थाले कोरोना संक्रमित

'साउनदेखि प्रत्येक दिनजसो संक्रमित भेटिने गरेका छन्,' उनले भने, 'पछिल्लो १५ दिनको अवधिमा प्रदेशभर ८४ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी सुर्खेतमा देखिने गरेको छ।' निर्देशनालयको तथ्याङ्कमा प्रदेशभर ६० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन्।

आहारारा गोल्डकपको २०औं संस्करणमा ३ लाख घाटा

कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुंग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

थप ४ सय ३८ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो। यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ।

गत मंसिरदेखि शून्य रहेको कालिकोटमा दुई जनामा कोरोना संक्रमण देखियो

‘जिल्लामा २०७८ मंसिरदेखि कोरोना संक्रमित शून्य थियो। अहिले यो क्रम हेर्दा जिल्लामा कोरोना संक्रमण फैलिदै जाने देखिन्छ।’

देशभर ५६४ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

केहीदिन यता देशव्यापीहरुपमा कोरोना संक्रमितको संख्या बढेको पछि आफूहरुले जनताहरुलाई सजगह रहन आग्रह गरिएको उनले बताए। ‘स्वास्थ्य मापदण्ड अपनाए कोभिड १९ बाट जोगीन सक्छौं’

काभ्रेमा कोरोना संक्रमण बढ्दै

पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

दुई वर्षभित्र पेट्रोलियम पदार्थ अन्वेषण सकिने

३ वर्षमा अन्वेषण सक्नेगरी पुगेको टोलीले आफ्नो काम कोरोना महामारीका कारण बिचमै रोक्यो। जसकारण अहिलेसम्म अन्वेषणको दोस्रो चरणको काम सुरु हुन सकेको थिएन।

थप ४ सय ३५ जनामा संक्रमण पुष्टि

आठ जिल्लामा शून्य संक्रमित रहेका छन्। हाल होम आइसोलेशनमा दुई हजार ३ सय ९६, संस्थागत आइसोलेशनमा १ सय ४१ र सघन उपचार कक्ष (आइसियु)मा १९ जना उपचार भइरहेको छ।

कोरोना संक्रमण बढेको बढै

पछिल्लो चौबिस घण्टामा ३ सय ५७ जनामा कोरोना पुष्टि भएको जानकारी मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता संक्रमण थपिएको जनाएको छ। साथै सो संक्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ।

आज ४ सय ५७ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १३, ललितपुर ९२ र भक्तपुरमा २८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमण दर १७ प्रतिशत रहेको छ।

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्