पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ। त्यस्तै २०२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ।
प्रकाशित: ११ श्रावण २०७९ १६:३९ बुधबार