१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

गत मंसिरदेखि शून्य रहेको कालिकोटमा दुई जनामा कोरोना संक्रमण देखियो

कालिकोट जिल्लामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कालिकोटको रास्कोट नगरपालिका वडा–४ का ७२ वर्षीय पुरुष र खाँडाचक्र नगरपालिका वडा–२ का ३९ वर्षीय पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।

नाैं जनामा एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ भएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए। उनले भने ‘जिल्लामा २०७८ मंसिरदेखि कोरोना संक्रमित शून्य थियो। अहिले यो क्रम हेर्दा जिल्लामा कोरोना संक्रमण फैलिदै जाने देखिन्छ।’

कोरोना पोजेटिभ बिरामीहरुमा पहिलेको जस्तै लक्षण देखिने गरेको उने बताए। जिल्लामा कोरोना संक्रमण फैलिन सक्ने हुँदा सबैले सचेत र सुरक्षित रहन जनस्वास्थ्य अधिकृत कटक महतले अनुरोध गरेका छन्।

प्रकाशित: १२ श्रावण २०७९ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App