६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण दर वृद्धि भएपछि त्यसबाट बच्न स्वास्थ्य मापदण्ड अपनाइ सजह रहन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा सम्पन्न कोभिड व्यवस्थापन समितिले सो निर्णय गर्दै स्वास्थ्य सर्तकता अपनाउन नागरिकहरुलाई अपिल गरेको हो। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले गत साउन ३ गते गरको निर्णय कार्यान्वय गर्ने र सबै निकायले सो निर्णय पालन गर्ने निर्णय गरिएको प्रजिअ धमेन्द्रकुमार मिश्रले बताए।

केहीदिन यता देशव्यापीहरुपमा कोरोना संक्रमितको संख्या बढेको पछि आफूहरुले जनताहरुलाई सजगह रहन आग्रह गरिएको उनले बताए। ‘स्वास्थ्य मापदण्ड अपनाए कोभिड १९ बाट जोगीन सक्छौं’ उनले भने। कोभिड फैलन नदिन भीडभाड हुने जिल्ला प्रशासन कार्यालय र भूमिसुधार तथा नापी कार्यालयमा आएको सेवाग्रहीको नमुना एन्टिजेन परीक्षण समेत लिने समितिले निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए।

नमुना परीक्षणका लागि आवश्यक जनशक्ति तयार गरी चाडै नमुना परीक्षण गरिने उनले बताए। कोभिड प्रतिकार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री, औषधि र जनशक्तिलगायत तयारी अवस्थामा राख्ने समेत निर्णय गरिएको छ। पूर्व तयारीका लागि खर्चको अनुमान समेत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखी पठाउने समेत समितिले निर्णय गरेको छ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले जिल्लाले तेश्रो भेरियन्टसम्म सामना गरेको भन्दै अब कोरोना फैलन नदिन बेलैमा सजह हुनुपर्ने बताए। उनले कोरोनाका लागि सबै पालिका र स्वास्थ्य संस्थाले पूर्व तयारी गरी बस्नुपर्ने बताए। कोरोना फैलन नदिन आफूहरुले आवश्यक तयारी गर्ने बताए।

बैठकमा कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले अस्पतालमा जनशक्ति र बजेट अभावले समस्या परेको बताए। उनले आवश्यक जनशक्तिका लागि बजेट विनियोजनका लागि अहिलेदेखि नै पलह गर्नुपर्ने बताए। कोरोना फैलन नदिन जिल्लाका १० वटै पालिकालाई सजग रहन र पूर्व तयारीमा रहन समेत आग्रह गरिएको छ।

मर्यादपुर नाकामा एन्टिजेन परीक्षणका लागि आवश्यक तयारी गर्ने समेत निर्णय गरिएको छ। जिल्लामा सोमबारसम्म १४ जना सक्रिय संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ। उता कृष्णनगर नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा आइतबार मात्र १४ जना संक्रमति फेला परेका छन्। बैठकमा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरुको समेत सहभागिता थियो।

प्रकाशित: ९ श्रावण २०७९ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App