८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु

मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या थप बढेको छ। गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता संक्रमण थपिएको जनाएको छ। साथै सो संक्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ।

यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता संक्रमितहरुको संख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन्।

यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन भनेका छन्। 

प्रकाशित: ३ श्रावण २०७९ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App