१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

थप ४ सय ३५ जनामा संक्रमण पुष्टि

पछिल्लो समय ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो संख्यामा संक्रमण पुष्टि भएको हो।

हाल सक्रिय संक्रमितको संख्या दुई हजार ५ सय ३७ रहेका छन्। विगत २४ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन्। काठमाडौँ जिल्लामा ५ सय बढी संक्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ।

आठ जिल्लामा शून्य संक्रमित रहेका छन्। हाल होम आइसोलेशनमा दुई हजार ३ सय ९६, संस्थागत आइसोलेशनमा १ सय ४१ र सघन उपचार कक्ष (आइसियु)मा १९ जना उपचार भइरहेको छ। 

प्रकाशित: ५ श्रावण २०७९ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App