coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आज ४ सय ५७ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

आज देशभर थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको संक्रमणका कारण मृत्यु भएको छ।

बितेको २४ घण्टामा चार हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो। दुई हजार ३४१ जनाले पिसीआर र दुई हजार ३१० जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ४८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६८ हजार ६४ पुगेको छ। संक्रमणमुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

बितेको २४ घण्टामा ९८ हजार ९०० ले कोभिडविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या एक हजार ७७६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ।

होम आइसोलेशनमा एक हजार ७०१,  संस्थागत आइसोलेशनमा ७५, आइसियु १५ र भेण्टिलेटरमा एक संक्रमित रहेका छन्। हाल ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ रहेको छ।

शून्य संक्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, बाजुरा र डढेलधुरा रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १३, ललितपुर ९२ र भक्तपुरमा २८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमण दर १७ प्रतिशत रहेको छ। 

प्रकाशित: २ श्रावण २०७९ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App