८ वैशाख २०८१ शनिबार
खेल

आहारारा गोल्डकपको २०औं संस्करणमा ३ लाख घाटा

गोल्डकपको आय-व्यय सार्वजनिक गर्दै सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ।

सहारा क्लबले आयोजना गर्दै आएको गोल्डकपकै इतिहासमा पहिलो पटक आहा रारा गोल्डकपबाट १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। २०७६ साल चैत ११ गतेदेखि सुरु भएको कोरोनाको महामारीसँगैको लकडाउनको प्रत्यक्ष असर पोखराको खेलकुद क्षेत्रमा परेको प्रष्टिएको छ।

कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुंग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

क्लबले ठूलो नोक्सानी व्यहोरेपछि क्लबका विदेशी शाखाहरुबाट आर्थिक सहयोग जुटाइएको छ। सहारा युके, सहारा हङकङ, सहारा अस्ट्रेलियालाई अनुरोध गरेपछि सहयोग प्राप्त भएको थियो। हङकङबाट ५ लाख १ हजार, युकेबाट ३ लाख र अस्ट्रेलियाबाट १ लाख रुपैयाँ नगद प्राप्त भएको क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए।

विदेशी शाखाबाट प्राप्त सहयोगकै कारण घाटा केही पूर्ति भएको उनको भनाइ थियो। विदेशबाट ९ लाख रुपैयाँ सहयोग आएको थियो। फुटबल विकासमा अनवरत लागेको सहारा क्लबले गत माघ ६ गतेदेखि १५ गतेसम्म दुई दशक लामो फुटबल प्रतियोगिता आयोजना गरेर टुंग्याएको छ।

सहाराले आयोजना गर्ने गोल्डकप नै मोफसलको प्रतिष्ठित गोल्डकपमा रहँदै आएको छ। २० औं संस्करणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए। पहिलो पटक विभागीय क्लब शसस्त्र प्रहरी बलले उपाधि उचालेको थियो। उपविजेता मनाङ मस्र्याङ्दी बनेको थियो।

प्रतियोगितालाई हिमश्री फुड्सले मुख्य प्रायोजकको भूमिका खेल्दै आएको छ। प्रतियोगिताको लागि क्लबले ६७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको आयव्यय सार्वजनिक गरेको छ। घरेलु टोली निर्माण गर्दा क्लबले ७ लाख ७१ हजार रुपौयँ खर्च गरेको छ। प्रोत्साहन खर्चमा १७ लाख ९३ हजार रुपैयाँ खर्च भएको प्रतियोगिताका अर्थ संयोजक सुनिल गुरुङले जानकारी दिए।

मैदान शुल्क वापत क्लबले १ लाख २५ हजार रुपैयाँ जिल्ला खेलकुद विकास समिति कास्कीलाई बुझाएको छ। क्लबले ७ लाख ८६ हजार रुपैयाँ गेट टिकटबाट जुटाएको छ। क्लबलाई मुग्लान रेष्टुरेष्ट पोखराले १ लाख, रोयल इन्फिल्ड (बुलेट बाईक)ले १ लाख, हिमाअश कन्सल्टेन्सीले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए।

क्लबले वर्षेनी गोल्डकपबाटै प्राप्त आम्दानीले पोखरा–१७ दोविल्लास्थित सहारा एकेडेमीमा खर्च गर्दै आएको थियो। एकेडेमीलाई केसी ग्रुपले नै अपनत्व लिँदै वार्षिक १५ लाख रुपैयाँ सहयोग दिने गरी एकेडेमीको नाम नै सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी राखिएको छ। एकेडेमीमा २६ जना बालकहरु आश्रित छन्।

प्रकाशित: १४ श्रावण २०७९ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App