coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

२३ औँ संस्करणको आहा–रारा गोल्डकपः आज सहारा र थ्रीस्टार भिड्दै

सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आहा रारा पोखरा गोल्डकपमा २ विदेशीसहित १२ टिमले सहभागिता जनाउने

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने भएका छन्।

‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ देखि

मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आएको छ।

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ।

नागरिककर्मी पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

सहारा खेलकुद पत्रकारिता पुरस्कार यो वर्ष नागरिककर्मी उमेश पुनलाई प्रदान गरिएको छ। सहारा क्लबले आफ्नो रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई पुरस्कार प्रदान गरिएको हो।

२२ औं संस्करणमा सहाराले बचायो तीनलाख रुपैयाँ

सहारा क्लब पोखराले गतवर्ष आयोजना गरेको फुटबल प्रतियोगिताबाट तीन लाख १८ हजार रुपैयाँ बचत गरेको छ। क्लबले आफनो आयव्यय सार्वजनिक गर्दै २२ औं संस्करणको फुटबल प्रतियोगिताबाट बचत गरेको जानकारी गरायो।

सहारा पोखरा स्पोर्टस अवार्डको सारथी बन्दै

मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब खेलकुद पत्रकार मञ्च गण्डकीसँग जोडिएको छ। मञ्चले आगामी बैशाखमा आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’ मा एक विधाको पुरस्कार प्रायोजन गर्दै जोडिन पुगेको हो।

आहारारा गोल्डकपको २०औं संस्करणमा ३ लाख घाटा

कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुंग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

एकेडेमीको लागि केसी परिवार र सहारा क्लबबीच सम्झौता

वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई यहाँको व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ।

विदेशी खेलाडी किन्नुस, खर्च मन्त्रालयले दिन्छः मन्त्री गुरुङ

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी आहा गोल्डकपको लागि सहारा क्लबलाई विदेशी खेलाडी भित्र्याउन सुझाव दिएका छन्। ती मध्ये दुईजना विदेशी खेलाडीको खर्च गण्डकी प्रदेश सरकारले बेहोर्ने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्