२४ वैशाख २०८१ सोमबार
image/svg+xml

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

नेपाल-भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्।

मध्यपहाडी राजमार्ग: सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ।

युनिका र भिजनलाई स्वण

पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

मध्यपहाडमा धमाधम पुल मर्मत

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले पुराना तथा जिर्ण भएका पुलहरुको धमाधम मर्मत तथा संरक्षणको कामहरु गरिरहेको छ।

प्रिन्सले गरे उपाधिमा ह्याट्रिक

नेपाल खेलकुद महसंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सहआयोजना प्रतियोगिता भएको हो।

पुष्पलाल स्मृति ब्याडमिन्टन: फाइनलमा प्रिन्स, प्रफुल, अनुमाया र जेशिका

विराटनगरमा जारी १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहाल, प्रफुल महर्जन, जेशिका गुरुङ र अनुमाया राईले फाइनल यात्रा पक्का गरेका छन्।

मंगलबारदेखि पुष्पलाल स्मृति ब्याडमिन्टन

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।

दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो

चौरजहारी–जगतीपुर सडक योजनाअन्र्तगत महत्वकांक्षी रुपमा लिइएको भेरी नदिमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्रचार गर्दासमेत पुलको प्रगती नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ।

मध्यपहाडी लोकमार्ग: म्याद सकिन ६ महिना बाँकी रहँदा प्रगति दश प्रतिशत भन्दा कम

भारतको सिक्किमसँग जोडिने लोकमार्गको सुरुवाती बिन्दु मानिएको चिवाभञ्याङदेखि ५० दशमलव ६४ किलोमिटर सडकको कालोपत्रे गर्ने काम अनिश्चित बन्दै गएको छ। तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लागेको थियो।

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैनः माधव नेपाल

'हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ। राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। भ्रष्ट प्रवृति देखिरहेको छ। दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुनेकुरा सम्भव छैन।’

स्मृतिमा पुष्पलाल र बिपी

‘तर, एउटा अनुरोध तपाईँलाई। आन्दोलनमा जाने अनि मेरो पिठ्युँमा छुराचाहिँ नहान्नुहोला।’ पुष्पलालको जवाफ थियो– ‘होइन, तपाईँ र मेरोबीच क्राइसिस अफ कन्फिडेन्स (विश्वासको संकट) हुनुहुँदैन। तपाईँले पनि मलाई धोका दिनुहुँदैन, मैले पनि तपाईँलाई धोका दिनुहुँदैन।’

जसले राजा महेन्द्रको मन्त्री पद अस्वीकार गरे

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसमितिमा १५ जना थिए। पुष्पलाललाई प्रधानमन्त्री बनाउने र अरूलाई मन्त्री पद दिने प्रस्ताव तत्कालीन राज महेन्द्रको थियो। तर सो प्रस्ताव पुष्पलाल र लक्ष्मीभक्त लगायतले अस्वीकार गरेका थिए।

मध्यपहाडीको सुरुआती खण्ड कालोपत्रे हुने

पूर्वको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुआती खण्ड कालोपत्रे हुने भएको छ। सुरुआती बिन्दु चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्न केही अघि ठेक्का सम्झौता भएको हो।

बिपी–पुष्पलालको विरासत

अहिले बिपीको पार्टी कांग्रेस प्रमुख विपक्षको कुर्सीमा छ। पुष्पलालको विरासत नेकपा यतिबेला मुलुकको सबैभन्दा ठूलो दलका रूपमा सत्तामा छ। तर, यी दुवै दलले राजनीतिलाई राम्ररी गति दिन नसकेको अनुभव भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्