६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पुष्पलालका विविध पक्ष

सन् १९६० देखि १९७८ सम्मको लगभग १८ वर्ष अवधि पुष्पलालले प्रवासकालमै बिताए। प्रवासमै जीवनबाट सदाका लागि विश्राम लिए।

पुष्पलाल लोकमार्गमा ८१ पुल तयार

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पर्ने ८१ वटा पक्की पुलको निर्माण सकिएको छ । लोकमार्गमा एक सय २९ वटा पुल निर्माणधीन अवस्थामा रहेकामा ४८ बनाउन बाँकी छ ।

पुष्पलाल लोकमार्गको लागत तेब्बर पुग्ने

सुरुमा तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको लागत झण्डै तेब्बर पुग्ने भएको छ। आर्थिक वर्ष ०६४/६५ मा आयोजना सुरु गर्दा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान रहेकोमा अहिले बढेर ८४ अर्ब ३३ करोड पुगेको छ।

पुष्पलालचोक–विराटचोक सडक, ६ महिनामै ४० प्रतिशत काम

मोरङको पुष्पलालचोक–विराटचोक सडक विस्तार तीव्र पारिएको छ। प्रदेश १ सरकारले गौरवको आयोजनाका रूपमा उक्त सडकलाई राखेको छ। सडक निर्माण थालिएको ६ महिना नबित्दै ४० प्रतिशत काम सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ।

पुष्पलाल मध्यपहाडी राजमार्ग, सदरमुकामबाटै कालोपत्रे

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपास स्थानीयको विवादका कारण रोकिएको निर्माण कार्य तत्काल हुने भएको छ। लामो समयदेखि विवादित ठाउँमा स्थानीयहरुलाई सहमतिमा ल्याई विवाद समाधान भएपछि सदरमुकामबाटै राजमार्ग कालोपत्रे हुने भएको हो।

पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टन:रत्नजित र दीपेश अन्तिम चारमा

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी इटहरीमा जारी योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

जनताको जनवादबाटै मुलुक अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले जनताको जनवादबाटै मुलुक अगाडि बढ्ने बताएका छन्। उनले अहिलेको कार्यदिशाबाट राष्ट्रिय पुँजी र अर्थतन्त्र दुबैको विकास गर्दै समृद्धिको संकल्प साकार पार्न सकिने बताए।

अहिलेका कम्युनिष्ट नेता, कार्यकर्ता पुष्पलालका उत्तराधिकारी हुन्ः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन्। ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पुष्पलाललाई राष्ट्र नायक घोषणा गर्न माग

युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले पुष्पलालले सुरु गरेको नेपाली कम्युनिस्ट आन्दोलन पुरा हुने चरणमा पुगेको बताएका छन्। पुष्पलाललाई सरकारले राष्ट्रिय नायक घोषणा गर्नुपर्ने उनको माग छ।

नयाँ शक्तिको १ महिने अभियान सुरु

नेपाल–भारत सिमानामा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती बिन्दु पाँचथरको चिवा भञ्याङबाट नयाँ शक्ति पार्टी नेपालको ‘जनसंवाद यात्रा २०७५’ सुरु भएको छ। एक महिनापछि पश्चिम बैतडीको झुलाघाटमा सकिने यात्राको पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले सुरुवात गरे।

रत्नजित लगातार सातौं पटक च्याम्पियन

आर्मीका रत्नजित तामाङ लगातार सातौँ पटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा च्याम्पियन भएका छन्।

रत्नजित र दीपेश अन्तिम आठमा

पूर्वविजेता राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका दीपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइलनमा प्रवेश गरेका छन्।

विकास र विष्णुको विजयी सुरुआत

राष्ट्रिय पूर्वच्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

कात्तिक अन्तिममा पुष्पलाल स्मृति ब्याडमिन्टन

नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कात्तिक २७ गतेबाट काठमाडाैंमा हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्