४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुष्पलाल लोकमार्गमा ८१ पुल तयार

काठमाडौं, – पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पर्ने ८१ वटा पक्की पुलको निर्माण सकिएको छ । लोकमार्गमा एक सय २९ वटा पुल निर्माणधीन अवस्थामा रहेकामा ४८ बनाउन बाँकी छ ।

आयोजनाले चालु आर्थिक वर्षको आठ महिनामा १३ वटा मात्रै पुल निर्माण सकेको छ । सरकारले पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी क्षेत्रका २५ जिल्ला र दुई सय १५ बस्ती जोड्ने गरी मध्यपहाडी लोकमार्ग निर्माण गर्न लागेको हो ।

राष्ट्रिय गौरवमा सूचीकृत यो आयोजनाको लम्बाइ १८ सय ७९ किलोमिटरमध्ये आयोजनाबाट तीन सय ९५ किलोमिटर, अन्य निकायबाट चार सय ६२ किलोमिटर गरी हालसम्म आठ सय ५७ किलोमिटर सडक कालोपत्रे भएको छ ।

आयोजनाबाट चार सय ४९ किलोमिटर सडकको खरिद र तीन सय ५० किलोमिटर सडक स्तरोन्नतिको लागि सम्झौता भइसकेको छ । सडक विभागको दोस्रो चौमासिक प्रतिवेदन अनुसार यो आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत पुगेको छ । हालसम्म ४२ अर्ब ७० करोड रुपैयाँ बजेट खर्च भएको छ ।

आयोजनाले दोस्रो चौमासिक लक्ष्यमा भने चुकेको छ । दोस्रो चौमासिकसम्मा लोकमार्गको ७३ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकोमा ३१.५ किलोमिटर मात्रै कालोपत्रे भएको जनायो । त्यसैगरी, एक सय ५६ किलोमिटर गाभ्रेल गर्ने लक्ष्यमा एक सय ५१ किलोमिटरको काम भएको छ । चारवटा पुल निर्माण गर्ने लक्ष्यमा ११ वटा तयार भएको छ । आयोजनाले चालु आवको आठ महिनामा तीन सय ५० किलोमिटर कालोपत्रे र तीन सय ९० किलोमिटर ग्राभेल गर्ने लक्ष्य राखेकोमा हालसम्म ५२ किलोमिटर कालोपत्रे र दुई सय २० किलोमिटर  ग्राभेल भएको छ ।

प्रकाशित: ७ वैशाख २०७७ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App