coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने दाबी गरेका छन्।

शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवर्द्धन हुनेकुरा सम्भव नहुने बताए।

उनले राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको देखा परेको बताए। उनले देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको भन्दै यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताए। अध्यक्ष नेपालले उनले नेपालको राजनीतिमा भ्रष्ट प्रवृति देखा परेकोले बेलैमा सचेत हुनुपर्ने आवश्यक्ता रहेको बताए।

अध्यक्ष नेपालले पुष्पलालबाट दिक्षित भएर नै नयाँ पार्टी खोलेको बताए। उनले आफूले इतिहासका पानाहरु निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेको उल्लेख गरे।

उनले भने, ‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन्। तर डराउनुपर्ने अवस्था छैन। हामीले नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौँ। इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ। कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ। खास गरेर पुष्पलालबाट दिक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ। जसले छुट्टै अस्तित्व देखाएको छ। अस्तित्व भनेको आफ्नै क्रान्तिकारी चरित्रको आधारमा नै अरुभन्दा भिन्न रुपमा प्रश्तुत भएर नै स्वच्छ, इमान्दार राजनीतिको निम्ति, समर्पित राजनीतिको निम्ति देश र जनाताको निम्ति हामीले अग्रसरता लिनुपर्ने आवश्यक्ता छ। हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ। राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। भ्रष्ट प्रवृति देखिरहेको छ। दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुनेकुरा सम्भव छैन।’

अध्यक्ष नेपालले नकेपा (एकीकृत समाजवादी) पार्टीले देशमा छुट्टै पहिचान बनाइसकेको बताउँदै पार्टीको राजनीति देश र जनताका लागि मात्रै सिमित हुने बताए।

प्रकाशित: ७ श्रावण २०७९ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App